काठमाडौं- सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप २ जनालाई जीवितै उद्धार गरिएको बताए ।
उद्धार गरिएका ४ मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको उनले बताए । त्यसैगरी १५ जनाको शव निकालिएको छ ।