बागलुङ- धौलागिरी अटोमोबाइल व्यवसायी संघले आफनो सदस्यहरुलाई डस्टबिन निशुल्क वितरण गरेको छ । संघले बुधबार ४८ जना अटोमोबाइल व्यवसायीहरुलाई कुहिने र नकुहिन गरी दुई वटाको दरले ९६ वटा डस्टबिन वितरण गरेको छ । संघले एक लाख २५ हजार बराबरको डस्टबिन वितरण गरेको हो । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ‘नगरपालिकाले फोहोर वर्गीकरणको अभियान सुरु गर्न लागेको’ बताए ।
यसका लागि नगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न रङ संकेतसहितको गाडी तयार पारेको जानकारी दिए । ‘नगरपालिकाले फोहोर उत्पादन भएकै ठाउँमा ९कुहिने र नकुहिने० र पुण प्रयोगमा ल्याउन सकिने फोहरलाई छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गर्ने गरी क्लिन सिटीको अवधारणा ल्याएको बताए । । त्यसको लागि नगरपालिकाले सबै नगरवासीलाई तीन वटा रंग लगाएको डस्टबिन वितरण गरिरहेको र वातावरण जोगाउने अभियानमा सबैले सहयोग गर्न आव्हान गरे
कार्यक्रममा बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जयबहादुर केसीले पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम धौलागिरी अटोमोबाइल व्यवसायी संघका अध्यक्ष शिव शंकर साहको स्वागत र अध्यक्षता तथा महासचिव राजु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाइल व्यवसायी संघमा ४८ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट २ सय २५ जना श्रमिकले रोजगारी पनि पाएका छन् ।