स्ववियु निर्वाचन : धवलागिरी क्याम्पसमा किन भएन मनोनयन दर्ता ?

  • फाल्गुण २७, २०७९

बागलुङ – शनिबार देशभरी कै क्याम्पसमा स्वतन्त्र विद्यार्थीको निर्वाचनका लागि उम्मेदवारको  प्रत्यक्ष तर्फको र समानुपातिक दुवै तर्फको नामावली दाखिला मनोनयन गर्ने निर्वाचन कार्यतालिका थियो । केही क्याम्पसमा विवाद भए पनि अधिकाशं क्याम्पसमा निर्वाचनको प्रक्रिया अगाडी बढेको छ । विहान ११ बजेदेखि २ बजेसम्म मनोनयन पत्रको नामावली दाखिला गर्ने र पाँच बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने समय रहे पनि धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा भने मनोनयन दर्ता हुन सकेन । विभिन्न विद्यार्थी संगठनले क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण शनिबार साँझा सम्म पनि ताला नखुल्दा उम्मेदवारको मनोनयन पत्रको नामावली दाखिला हुन नसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले विद्यार्थी संगठन विच सहमती गराएपछि मात्र दाखिला हुने भन्दै सहमतीको बाटो खोजेको र मनोनयनको बेलुका ७ बजे सम्म सार्दा पनि अन्तत सहमती जुट्न नसकेपछि आईतबार ३ बजे सम्म थप गरिएको निर्वाचन अधिकृत भत्तिराम न्यौपानेले जानकारी दिए । 
विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण बिथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले वक्तव्य मार्फत जारी गर्दै तालाबन्दी गरेका थिए ।
उनिहरुले आफ्ना माग सम्बोधन नभए सम्म ताला नखोल्ने जनाएका छन । विद्यार्थी संगठनसँग सहमति जुटाउने प्रयास भए पनि साँझ सम्म सहमति जुट्न सकेको छैन । 
क्याम्पस प्रसासनले भने विद्यार्थी संगठनसँग सहमति जुटाएर तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्ने गरी केन्द्र सँग सहमति जुटाएर निर्वाचन कार्यतालिका फेरबदल गरी काम अगाडी बढाउने बताएको छ  ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु छैठौं र नेकपा एकिकृत समाजबादी संवद्ध विद्यार्थी संघले भने निर्धारित समयमा निर्वाचनका काम हुनुपर्ने र तोकिएको समयमा निर्वाचन हुनुपर्ने माग गरेका छन । नेपाल विद्यार्थी संघले त क्याम्पस  परिसरमा निर्वाचनको काम कारबाही अगाडी बढाउनका निम्ती माग गर्दै  नारा जुलुस नै गरेको थियो ।  नेविसंघले कुनै पनि हालतमा निर्वाचन गर्नुपर्ने माग क्याम्पस प्रशासन सँग गरेको छ । तर तालबन्दी गर्ने विद्यार्थी संगठनका नेताले विभिन्न विषयमा समस्या आएको र समस्याको समाधान नभए सम्म ताल नखोल्ने बताएका छन । यो क्याम्पसमा स्ववियु निर्वाचनका लागि १ हजार ७ सय ४८ विद्यार्थी मतदाता रहेका छन् ।
 

प्रतिक्रिया