पोखरा । गण्डकी प्रदेशमा एमालेबाट नयाँ मन्त्री बनेका छन् । बुधबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बन्ने टुंगो लागेका हो ।
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । मन्त्रीहरुको आजै शपथको कार्यक्रम रहेको छ ।