बागलुङ, – लैङ्गिक हिसाँ बिरुद्धको १६ दिने अभियान शुक्रबार देखी शुरु भएको छ । नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म मनाईने यस अभियानका क्रममा बागलुङ नगरपालिकामा हिँसा बिरुद्ध ब्यानर राखिएको छ । अभियानको पहिलो दिन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ,उपप्रमुख राजु खड्का र प्रमुख प्रशासकिय अधिकृत पुरुषोक्तम न्यौपाने लगायत नगरपालिका अन्र्तगतका जनप्रतिनिधी कर्मचारी लगायतले हिसाँ गर्दिन, हिसां सहन्न र हिसाँ बिरुद्ध बोल्ने छु भन्ने प्रतिबद्धता स्वरुप सेतो रिबन लगाएर अभियानमा एक्यबद्धता जनाएका छन ।
सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिसाँको अन्त्यका लागि घरपरिवार बाटै शुरुआत गर्नुपर्ने बताए । हिंसा समाजको कलंङ्क हो ‘ नगरप्रमुख श्रेष्ठले भने,‘ समाजमा हुनै सबै प्रकारका हिसाँ बिरुद्ध सबै सरोकारवाला एकजुट हुनुपर्दछ । उनले महिला हिँसा अन्त्यका लागि १६ दिन मात्र नभै सदैब प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
त्यस्तै बागलुङ नगरपालिका अन्र्तगतको महिला तथा बालबालिका कार्यालय प्रमुख सरस्वती देबी रेग्मीले हिसाँ बिरुद्धको अभियान लाई सबैले सशक्त बनाउनुपर्ने बताईन । हिसाँ बिरुद्धका बिभिन्न कार्यक्रम गर्दै आएपनि जिल्लामा हिसाँका घटनामा कमी नआएको भन्दै यसबिरुद्ध सबै बोल्नुपर्नेमो जोड दिनुभयो । उहाँका अनुसार चालुबर्षमा मात्र नगरपालिका अन्र्तगतको सेवा केन्द्रमा २० वटा घटना दर्ता भएको बताईन ।