बागलुङ- बागलुङ नगरपालिका कार्यालयको १८औँ नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ । सभामा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आर्थिक वर्ष २०८२र०८३ को निति तथा कार्यक्रमको समिक्षात्मक वक्तव्य प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले गरेका नितिगत उपलब्धी, भौतिक उपलब्धी, सामाजिक उपलब्धी, आर्थिक उपलब्धीका बारमो सभा समक्ष जानकारी गराएका थिए ।
नगरसभामा नितिगत तर्फ डोजर लगाउने परिपाटीको अन्त्य नयाँ घर निर्माण पश्चात घरको चारैतर्फको खाली भागमा प्लाटर गर्नुपर्ने व्यवस्था र नक्सापास प्रकृयालाई इबिपिएस प्रणाली मार्फत अनलाई गर्ने कार्य लगायतका कामलाई उपलब्धीको रुपमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी भौतिक उपलब्धी तर्फ पुर्वाधार विकास, विभिन्न सडक खानेपानीका आयोजना निर्माणका लागि उपलब्धीको रुपमा राखिएको छ । सामाजिक उपलब्धीमा बामैत्री स्थानिय शासनयुक्त नगरघोषणालाई पहिलो उपलब्धीमा राखिएको छ भने क्लिन बागलुङ अभियान, नगर शिक्षा क्षेत्रमा समग्र विकासको लागि विद्यार्थी संख्या र शिक्षक विद्यार्थीको अनुपात समेतको आधारमा विद्यालय स्थगत र तह मिलानको कार्य रहेका छन । त्यसैगरी नगरको छोरी, श्रमिक पहिचान पत्र, स्थानिय आपतकालिन कार्य संचालन केन्द्र निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रम संचालन ल्याएको यस अवधिको उपलब्धी भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । त्यस्तै पर्यटन तर्फ प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान शालिग्राम संग्राहलय, पञ्चकोट लगायतका धार्मिक पयृटकिय क्षेत्रको जानकारी मुलक विवरणलाई विश्वका १० वटा भाषामा हेर्न र पढन मिल्ने गरी क्युआर कोषण्को व्यवस्था गरिएको पनि नगरको उपलब्धीको रुपमा लिईएको छ ।
नगरपालिकाले आर्थिक तर्फ कृषि तथा पशुपालन क्षेत्रमा गरिएका विकासलाई नै उपलब्धीको रुपमा लिएको छ । पशु स्वास्थ्यका लागि घरदैलो कार्यक्रम, दुध अण्डा मासुर तरकारीमा आत्मनिर्भर नगर बनाउने कार्यक्रम पनि उपलब्धीको रुपमा लिईएको छ ।
नगरसभामा कुकुर आवास संचालनको काम अन्तिम चरणमा पुगेको जानकारी गराईएको थियो । त्यसैगरी उज्यालो बागलुङ कार्यक्रम अन्तरगत बजार क्षेत्रमा १० वटा स्थानमा हाईमास्ट सडक बत्ती जडान कार्यसुरु भएको मालढुंगा देखी आर्मी व्यारेक चोकसम्म सडक बत्ति जडानको काम सम्पन्न भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाको लोकप्रिय कार्यक्रम नगरको छोरी कार्यक्रम अन्तरग यस वर्ष ५५ सहित हाल सम्म २३३ जना छोरीको मुद्धती खाता संचालनमा आएको छ ।
नगरसभाले दुई विधेयक पारित गरि नगरसभा सम्पन्न गरेको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ र स्थानिय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पारित गर्दै नगरसभा सम्पन्न भएको श्रेष्ठले जानकारी दिए ।
नगरसभामा उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०८२।०८३को मध्यावधिमा आईपुग्दा हाल सम्मको आन्तरिक तथा बाह्रय राजश्व परिचालन तथा समग्र बजेटको परिचालन तर्फको यथार्थ विवरण प्रस्तुत गरेका थिए ।
नगरपालिकाले कुल १ अर्व ३० करोड ९५ लाख ५८ हजार ५६९ रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेकोमा संघिय सरकारबाट ४८ करोड ४६ लाख २३ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट १ करोड ५९ लाख ४१ हजार रुपैयाँ, राजश्वबाँडफाड बाट ५ करोड ९१ ला ख८९ हजार ८ सय ३१ रुपैयाँ, र आन्तरिक श्रोत तर्फ बैंक मौज्दात समेत गरी ४ करोड ६२ ालख ७५ हजार ३६४ रुपैया गरी कुल ७० करोड ३५ लाख २९ हजार ४७३ रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेको छ ।
नगरपालिकाको हाल सम्म चालु तर्फ २७.१९ प्रतिशत र पुँजीगत तर्फ १४.६ प्रतिशत बजेत खर्च भएको उपप्रमुख खड्काले जानकारी दिए । त्यसैगरी वित्तिय व्यवस्था तर्फ कुल २ करोड ३० लाख ९८ हजार रुपैया विनियोजन भएकोमा हाल सम्म खर्च भएको छैन । समग्र नगरपालिकाको हाल सम्म २२.४५ प्रतिशत वित्तिय प्रगती भएको खड्काले जानकारी दिए ।
नगरसभाबाट ४४ वटा योजनाहरु संसोधन गरिएको छ भने ११ वटा ऐनमा केही कुराहरु संशोधन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले जानकरी दिए । नगरपालिकामा हाल सम्म ६ वठा ऐन, ४२ वटा कार्यविधि र १४ वटा निर्देशिका मापदण्ड र निती निर्माण भएका छन ।