‘महामारी र विपद् व्यवस्थापन द्रुत प्रतिकार्य टोली चुस्त दुरुस्त छ’

  • साउन ११, २०८२

बागलुङ-  स्वास्थ्य जन्य महामारी र विपद व्यवस्थापनमा जिल्ला दु्रत प्रतिकार्य टोली चुस्त दुरुस्त र सक्रिय रहेको बताईएको छ । प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख तथा जिल्ला दु्रत कार्य टोलीका संयोजक घनश्याम सापकोटाको अध्यक्षतमा बसेको टोलीको बैठकले जिल्लामा हुन सक्ने विपत र स्वास्थ्य जन्य महामारीलाई मध्यनजर गरी आवश्यक तयारी गरेको  बताईएको हो । 
बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको  विशेष उपस्थितीमा भएको बैठकमा यस भन्दा अगाडी भएको द्रुत प्रतिकार्यको प्रगति, समस्या तथा सुधार गर्नुपर्ने विषयमा  समिक्षा गरिएको थियो । टोलीले जिल्ला विपद् व्यवस्थापन समितिसंगको समन्वयमा आवश्यकता अनुसार अभियान तथा महामारी प्रकोप व्यवस्थापनका लागि थप जनशक्ति परिचालन गर्ने निर्णय गरेको प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख  घनश्याम सापकोटाले जानकारी दिए । बैठकले डेंगु रोगको संक्रमणबाट बच्नका लागि “लामखुट्टेको लार्भा खोज र नष्ट गर” अभियान सञ्चालन गर्न साथै जिल्लाका १० ओटै स्थानीय तहका द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीहरु चुस्त दुरुस्त बताउने निर्णय गरेको छ । 
यसका साथै   प्रादेशिक अस्पताल, नगर अस्पताल र स्वास्थ्य संस्थाहरुमा महामारी तथा विपद् व्यवस्थापनको लागि आवश्यक  स्वाथ्यकर्मी, एम्बुलेन्सहरु पूर्व तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको संयोजक सापकोटाले बताए । 
बैठकले जिल्लामा हुनसक्ने महामारी तथा विपद् व्यवस्थापनका लागि जिल्लामा रहेका साझेदार संस्था तथा सरोलारवाला संघ संस्थाहरुलाई पुर्व तयारी अवस्थामा रहन लगाउने तथा आवश्यकता अनुसार सहकार्य गरी परिचालन गर्ने निर्णय गरिएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी गुरुङले विपद प्रतिकार्यका लागि सवै पक्षले पुर्व तयारी थाल्नुपर्ने बताए । 
उनले विपद कसैलाई पनि थाहै नभई आउने हुँदा जहाँ जतिबेला जे पनि हुन सक्ने हुँदा यसको पूर्व तयारी सवै पक्षले गर्नुपर्ने बताए । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ गुरुङले विपद व्यवस्थापन समितिको बैठकले पनि सवै पक्षलाई पूर्व तयारी बन्न आग्रह गरेको थियो । बैठकमा धौलागिरी अस्पतालसँगै अन्य कार्यालयका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । 

 

प्रतिक्रिया