पोखराबाट भैरहवा जाँदै गरेकाे बस तनहुँमा दुर्घटना

  • ब‌ैशाख ११, २०८३

पोखरा । पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउँदैछ । घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।  प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेको उनले बताए । यद्यपि बसमा सवार सबै यात्रुको विवरण भने प्राप्त भइसकेको छैन । उक्त यात्रुवाहक बस पोखराबाट छुटेको थियो । बस दमौलीतर्फ गइरहेको भए पनि गन्तव्य भने खुलिनसकेको उनले बताए । घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धारको कार्य अघि बढाएको छ ।

‘अहिलेसम्म कुनै हातहातीको खबर छैन । उद्धार चलिरहेको छ,’ उनले  भने ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय