बागलुङ - राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान बागलुङले शैक्षिक सामग्री वितरण गरेको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ बागलुङले उपल्लाचौर आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिने बताउनुभयो । कार्यक्रममा कम्प्युटर एशोसिएशन नेपाल महासंघका पूर्व केन्द्रिय सदस्य कुमार पौडेल, उपल्लाचौर आधारभूत विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमजान खान, विद्यालयका सहायक प्रधानाध्यापक शान्ति सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । क्यान बागलुङले उक्त विद्यार्थीलाई सरसफाई, शैक्षिक, खाजा लगायतका आवश्यक पर्ने सामग्री वितरण गरेको थियो । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । कार्यक्रम कम्प्युटर एशोसिएशन नेपाल महासंघ बागलुङका अध्यक्ष सुदिप राजभण्डारीको अध्यक्षता, पूर्व अध्यक्ष भूमिराज गौतमको स्वागत तथा सचिव देवि प्रसाद आचार्य सन्तोषको सञ्चालनमा सम्पन्न भएको थियो ।