बागलुङ- आउँदो स्थानिय तहको निर्वाचनमा बागलुङमा क्रियाशिल सत्तारुढ गठबन्धनका दल एक भएर जाने निर्णय भएको छ । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी, राष्ट्रिय जनमोर्चा र जनता समाबादी विच गठबन्धन भएको छ । लामो छलफल पश्चात आईतबार राति गठबन्धनका दलहरुले भागबण्डा टुंगाएका गठबन्धनको नेतृत्व गरिरहेका नेपाली काँग्रेस बागलुङका सभापति जित बहादुर शेरचनले जानकारी दिए ।
जिल्लाका १० स्थानिय तह मध्ये नेपाली काँग्रेसले ६ वटा स्थानिय तहमा प्रमुख र अध्यक्ष साथै अन्य ४ वटा स्थानिय तहमा गठबन्धनकै दलहरुलाई दिने सहमती सहित भागबण्डा टुंगिएको छ । नेपाली काँग्रेसले जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका बडिगाड गाउँपालिका निसीखोला गाउँपालिकाको प्रमुख ल्याएको छ भने उप्रमुख वा उपाध्यक्षमा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका ल्याएको छ ।
त्यसैगरी जिल्लामा दोस्रो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका प्रमुख र बरेङ गाउँपालिका अध्यक्ष ल्याएको छ भने काठेखोला गाउँपालिका उपप्रमुख र बडिगाड गाउँपालिका उपप्रमुख पनि जनमोर्चाकै भागमा परेको छ । त्यस्तै माओबादी केन्द्रले ढोरपाटन नगरपालिका प्रमुख र ताराखोला गाउँपालिका अध्यक्ष आफुले ल्याएको छ भने बागलुङ नगरपालिका उपप्रमुख, निसीखोला गाउँपालिका उप्रमुख र गलकोट नगरपालिका उपपमुख माओबादी केन्द्रकै भागमा परेको छ । सत्तामै रहेको नेकपा समाजबादीले जिल्लाको तमानखोला गाउँपालिकाको उपाध्यक्ष सहित केही वडा अध्यक्ष लिएर गठबन्धनमा बाँधिएको छ । सत्तासँगै रहेको जनता समाजबादीले केही वडामा प्रतिनिधित्व गरेको छ । गठबन्धनले जिल्ला समन्वय पनि टुंगाएको छ । समन्वय प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुमा नेकपा समाजबादी रहने गरी निर्णय भएको छ भने अन्य सदस्य गठबन्धन भित्रकै दलहरु रहेको नेपाली काँग्रेस बागलुङका सभापति शेरचनले जानकारी दिए ।
हेरौ कुनपालिकाको कुन वडामा कसलाई पर्यो ।