डाक्टर पढ्न विनायकलाई स्मृति कोषबाट मासिक सहयोग

  • भदौ १६, २०७९

बागलुङ,-  बागलुङ नगरपालिका–७ ढिकीचौरका रविलाल जैसीलाई आफ्नो कान्छो छोरा विनायक शर्मालाई डाक्टर बनाउने सपना पलायो । सदरमुकामकै एउटा निजी विद्यालयमा कार्यालय सहयोगीको जागिर गरेर छोराछोरी पढाएका रविलाललाई छोराको इच्छा कसरी पुरा गर्नेहोला भन्ने चिन्ताले सताएको थियो  । बोडिङ्को जागिरले छोरालाई ४५ लाख खर्च गरेर डाक्टर पढाउने होप भने आएको थिएन । रविलालका जेठा छोरा विजयले भने भाईलाई जसरी पनि डाक्टरै बनाउने अठोट लिएका थिए । सोही अनुसार भाईलाई छात्रबृत्तिमा नाम निकाल्नका निम्ती हौसला प्रदान गरेका थिए । भाईलाई डाक्टर बनाउन छात्रबृत्तिका लागि उत्प्रेरणा जगाए । 
बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माविमा कक्षा १२ सम्म पढाई सकेर विनायक पनि आफ्ना बाबा र परिवारको सपनालाई साकार पार्ने उद्देश्यले डाक्टर पढ्नकै निम्ती निःशुल्क छात्रबृत्तिका लागि आवेदन दिए । डाक्टर अर्थात एमबिविएस नै पढ्ने सोचले कक्षा ११ र १२ मा विज्ञान संकाय तर्फ उनले बायोलोजी लिएर पढेका थिए । कक्षा १२ पास गरेपछि उनको सोच सँगै डाक्टर पढ्नका लागि विभिन्न कलेजमा छात्रबृतिका लागि आवेदन दिए । आवेदन सँगै उनि सफल पनि भए । सामान्य परिवारमा हुर्किएका विनायकले काठमाण्डौ युनाईडेड स्कुल अफ मेडिकल साईन्स धुलिखेलमा निःशुल्क छात्रबृतिमा नाम निकाल्न सफल भए । अब उनको सपना साकार बन्ने भयो । कलेजमा लाग्ने रकम निःशुल्क भए पनि होष्टेल बसेर पढ्ने खर्चको भने विनायकलाई अभाव नै थियो । उक्त रकम कसरी जोहो गर्ने भन्ने विषयमा बाबु रविलाललाई थप चिन्ताले सताएको थियो । छोरालाई निःशुल्क डाक्टर पढाउनेमा उनि खुसी त थिए तर बाँकी खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ता पनि सँगै थियो उनिसँग । बागलुङकै पुरानो विद्यालय विद्यामन्दिरमा अध्ययन गरेका विनायकले पुर्ण छात्रबृत्तिमा डाक्टर पढन पाउने भए पछि विद्यालय परिवार पनि खुसी थियो । विद्यालयले विनायकका लागि केही मासिक रकम सहयोग गर्ने सहयोग दाताको खोजी ग¥यो । विनायक यस विद्यालयबाट निःशुल्क छात्रबृत्तिमा डाक्टर पढनका लागि नाम निकाल्ने पहिलो विद्यार्थी हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले भने,–‘जेहेन्दार र मेहनती विद्यार्थीका लागि कलेज खर्च निःशुल्क भए पनि होष्टल बसाईको खर्च भने अभाव नै थियो । हामीले विद्यालयमा स्थापना भएको हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषका पदाधिकारीललाई सहयोग गर्न आग्रह ग¥यौ । विनायकका लागि मासिक ५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभएको छ । ’ स्मृतिकोषले सहयोग गर्ने भए पश्तात  रविलालको अनुहारमा थप खुसी छायो । आफ्नो कुलमै पहिलो डाक्टर आफ्नै छोरा हुनेमा उनि विश्वस्त छन । विनायकलाई पनि अब केही राहत मिल्ने भयो । ‘म सानै देखी डाक्टर बन्छु भन्ने सोच लिएको थिए । सोही अनुसार मेहनत गरे विनायकले भने,–‘निःशुल्क पढ्नका निम्ती छात्रबृत्तिमा नाम पनि निश्कियो । अन्य खर्चका निम्ती हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषबाट मासिक रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसले मेरो पढाईमा थप ठेवा पुग्ने छ । उनले आफ्नो परिवार र विद्यालयका शिक्षकहरुको हौसालाले आफुले निःशुल्क छात्रबृत्तिमा नाम निकाल्न सकेको बताए । ‘म सामान्य परिवारको मान्छे । नाम ननिक्लेको भए मेरो डाक्टर पढ्ने सपना पुरा हुने थिएन । नाम पनि निश्यो । थप सहयोग श्रीजय अंकलहरुले गर्नुभयो । विनयले थपे,– म डाक्टर बनेपछि आफ्नै ठाउँमा सेवा गर्न आउँने छु । यहिका आमाबाबु दाजुभाईको सेवामा जोडिने छ ।’ उनले छात्रबृत्तिमा नाम ननिश्केको भए आफ्नो परिवारको डाक्टर पढाउन सक्ने अवस्था नरहेको बताए । विनायकका दाजु नेपाल विद्युत प्राधिकरणमा जागिरे छन भने दिदि 
बागलुङका व्यवसायी श्रीजय श्रेष्ठले आफ्ना हजुबाबा हजुरआमाको नाममा स्थापना गरेको उक्त कोषबाट विनायकका लागि एमबिबिएसको पढाई पुरा गर्ने समय सम्मका लागि मासिक ५ हजार रुपैयाँ प्रदान गर्ने भएका हुन । श्रेष्ठका बाबा तिर्थप्रसाद श्रेष्ठ सहित काकाहरु कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले स्थापना गरेको उक्त कोषबाट उनका लागि मासिक ५ हजार रुपैयाँ होष्टल खर्चको रुपमा सहयोग गर्ने स्मृति कोषका संयोजक श्रीजय श्रेष्ठले बताए । विनायकका लागि कोषको तर्फबाट मासिक रुपमा पाँच हजारका दरले बैंक खातामा राखिदिने छ ।  कोषबाट विद्यामन्दिर माविमा जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति प्रदान गर्नुका साथै बार्षिक रुपमा बागलुङमा क्रियाशिल दुई जना पत्रकारलाई पुरस्कार तथा सम्मान गर्दै आएका छन । सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको कोषमार्फत आगामी दिनमा पनि अन्य यस्तै समस्यामा परहेको विपन्न र जेहेन्दार विद्यार्थीका लागि सहयोग गर्ने संयोजक श्रेष्ठले बताए ।  

प्रतिक्रिया