• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

जिसस बागलुङको निर्वाचन जेठ ३१ मा

  • जेठ २०, २०७९

जिल्ला समन्व्य समिति बागलुङ आगामी जेठ ३१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिल्ला समन्वय समितिको लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।

जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । २६ गते उमेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ । जेठ २७ गते उमेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उमेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उमेदवारको नाम फिर्ता लिने, उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने रहेको छ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै जिल्ला समन्वय समितिको नेतृत्वको बिषयमा चर्चा सुरु भएको छ । बागलुङमा ११ वटा प्रमुख/तथा उपप्रमुख जितेको नेपाली कांग्रेस जिल्ला समन्वय समितिका लागि एकल बहुमत भएको पार्टी हो । दोस्रोमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समान ४/४ सिट जितेका छन् । नेकपा एमालेले भने एक सिट मात्रै जितेकाले उसको मतभार एक मात्रै हो । जिससका लागि दश स्थानीय तह रहेको बागलुङमा २० मत छ ।
बहुमत रहेको पार्टी नेपाली कांग्रेस भएपनि यहाँ जिल्ला समन्वय समितिको नेतृत्व भने राष्ट्रिय जनमोर्चाले पाउने चर्चा छ । पालिका प्रमुख/उपप्रमुख एक सिटसमेत नजितेको एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको उपप्रमुख पाउने छ ।

 

प्रतिक्रिया