बागलुङ- बागलुङ नगरपालिकाले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविर शुक्रबार देखी सकिएको छ । गत साउन २९ गते वानपा –११ रायडाँडाबाट सुरु भएको शिविर ३ चरणमा संचालन गरिएको थियो । पहिलो चरण भकुण्डे र रायडाँडा दोस्रो चरणमा बलेवा क्षेत्र र तेस्रो चरणमा तित्याङ, सिगाना र वडा नं. ५,६ ७ मा शिविर संचालन गरिएको थियो ।
विषेश गरी नगरपालिका कार्यालयबाट दुर्गम मानिने ग्रामिण क्षेत्रलाई लक्षित गरी शिविर संचालन गरिएको हो । शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । शिविरकै क्रममा सम्झौता भएका योजना र उपभोक्ता समितिका नाममा वडा तहमै बैंकको खाता संचालन गरिएको छ । नगरपालिकाको सिंगो टिम मै शिविरमा पुगेरे सवै सेवा प्रदान गरेको हो ।
बानपा ७ कालिमाटीमा संचालन भएको शिविरमा चालु आवमा स्विकृत १६ वटा पुर्वाधार तर्फका योजना सम्झौता गरिएको छ । सम्झौता भएका योजना मध्ये उपभोक्ता समिति मार्फत भएका योजनामा ११ वटा महिला अध्यक्ष भएका र ४ वटा पुरुष अध्यक्ष र १ वटा संस्थागत रहेका छन । सम्झौता भएका सवै योजनाका बैंक खाता पनि संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए ।
शिविरमा १६१ जनाले सामान्वय स्वास्थ्य परिक्षण गरिएको छ भने, ९३ जना महिलाको पाठेघरको जाँच गरिएकोमा २ जनामा रिङ्ग पेसरी राख्नुपर्ने समस्या रहेको थियो । शिविरमा ८६ जनाको मधुमेह २ जनाको मलेरिया र ४६ जनाको दन्त परिक्षण गरिएको स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए । शिविरमा १२९ जनाको आँखा परिक्षण सेवा प्रदान गरिएको छ । शिविरमा नयाँ र पुरानो गरी १२ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । वडा भित्रको भुभाग समेटीने गरीे करीव ११० रोपनी जमिनको कभरेज लिई २२ वटा स्थानका नमुना संकलन गरी माटो परीक्षण गर्दा माटोमा औसतमा पिएच ५.९ रहेकोेले माटोमा अम्लीयपन अधिक रहेको भेटिएको हुँदा माटो परिक्षण गरिएका कृषकहरुलाई सिफारीस मात्रामा कृषि चुनको प्रयोग गर्न
घुम्ती शिविरमा उपभोक्ता समितिका पदाधिकारी, कृषक लगायतका ४८ जना सरोकारवालाहरुलाई योजना संचालन, फरफारक, वित्तीय साक्षरता, कृषि प्रविधि सचेतना जस्ता विषयमा अनुशिक्षण गरिएको थियो । नगरलाई बालमैत्री नगरको रुपमा घोषणा गर्ने अभियानका लागि बालमैत्री स्थानीय शासनका सूचक स्थानीकरण गर्ने सम्बन्धमा वडा अध्यक्ष मेघनाथ शर्माको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए । नगरपालिकाका वडा नं. १ देखी ४ सम्मका सवै काम वडा तहबाट हुने नगरपालिकाले जनाएको छ ।