जापान- बागलुङ समाज जापान क्षेत्रीय कार्यसमिति क्युस्युको अध्यक्षमा मदन शर्मा पौडेल चयन भएका छन र समाजकको प्रथम अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा सावित्री रिजाल, झपेन्द्र प्रसाद सापकोटा, सचिबमा भरत बि क, सह सचिबमा मिलन सापाङ्गी, कोषाध्यक्षमा मनोज पौडेल, सह कोषाध्यक्षमा प्रेम सापकोटा (सोनु), सदस्यमा कमल सापकोटा, लिला श्रीस, अमृत गौतम, सलिना बोहरा निर्वीरोध चयन भएका हुन ।
फुकुओकाको एभरेस्ट रेस्टुरेन्टमा भएको कार्यक्रममा बागलुङ समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटा, एनआरएनए जापान निवर्तमान उपाध्यक्ष सिदार्थ श्रेष्ठ, बाग्लुङ्ग समाज जापानका संरक्षकहरु रामकृष्ण बम मल्ल, सुर्य खडका, टंक गैरे लगायत क्युस्युमा रहेका विभीन्न संघ संस्थाहरुका प्रतिनीधिहरुको सहभागीतामा सम्पन्न भएको थियो ।
उक्त अधिवेशनको निर्वाचन समितिमा संयोजक अशोक शर्मा गोपाल, सदस्यमा दिपक कंडेल सफल र सदस्यमा गणेश केसी गरी ३ सदस्यीय समिति रहेका छन ।