बागलुङ- नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत जिल्लाको काठेखोला गाउँपालिकाको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गएिको छ । पदस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पुर्व सभापति एवं पुर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेलले नयाँ कार्यसमितिलाई काठेखोलामा सवल काँग्रेस निर्माणमा महत्वपुर्ण भुमिका खेल्नका लागि आग्रह गरेका थिए । उनले स्थानिय तह लगायतका अन्य निर्वाचन पनि नजिकिँदै गएको हुँदा अधिवेशनका बेलामा जो जता भए पनि आन्तरिक प्रतिस्पर्धालाई त्यागेर प्रतिपक्ष सँगको लडाईमा एक जुट हुनुपर्ने बताएका थिए । कंडेलले आगामी निर्वाचनमा जिल्लाका सवै स्थानिय तहहरुमा आफ्नो पक्षमा निर्वाचनको नतिजा ल्याउनका लागि सवै संगठन विस्तारमा लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले बागलुङ काँग्रेसको संगठन बलियो बनाउन गाउँ नगरपालिका तह देखी नै बलियो संगठन निर्माण हुँदै आएको बताए । कार्यक्रममा निवर्तमान सभापति ज्ञामनाथ कंडेलले नवनिर्वाचित सभापति यामदत्त कंडेललाई माईन्युट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पा खड्का, महासमिति सदस्य एवं जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार जगदिशचन्द्र उपाध्याय लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रम निवर्तमान गाउँ सभापति ज्ञामनाथ कंडेलको अध्यक्षतामा गाउँ सदस्य तथा काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खड्क थापाको स्वागत र निवर्तमान सचिव एवं नवनिर्वाचित सभापति यामदत्त कंडेलको संचालनमा सम्पन्न भएको थियो ।