स्वास्थ्यको प्रदेश स्तरीय समिक्षा - ‘नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गरौं’

  • असोज १०, २०८१

पोखरा - गण्डकी प्रदेश स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा विहिबार सम्पन्न भएको छ । प्रदेश भित्रका स्वास्थ्य कार्यालय अस्पताल र आयुर्वेद औषधालयहरुले आर्थिक वर्ष २०८०।०८१ मा सम्पादित कार्यहरुको समिक्षा छलफल गरिएको थियो । तिन दिन सम्म संचालन भएको समिक्षा कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको काम आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रदेश सरकारको नयाँ कार्यदिशा लिएर अगाडी बढेको बताए । ‘वर्तमान सरकारले सवै नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी बनाउन लागिरहेको छ’ उनले भने,,‘हरेक स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवा सर्भसुलभ हुनुपर्छ अस्पताललाई थप स्तरोन्नती गरेर सुविधा सम्पन्न बनाउनका लागि लाग्नेछौं । ’

May be an image of 1 person, dais and text

पाठकले ग्रामीण क्षेत्रका जनताले समयमा उपचार पाउने व्यवस्था गर्नका निम्ती स्वास्थ्य मन्त्रालयले हरेक स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका लागि आवश्यक सहयोग गर्ने बताए । उनले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने आफ्ने उद्देश्य रहेको बताए । पाठकले पछिल्ला समयमा नसर्ने रोगको विकराल बन्दै गएको हुँदा यसको न्युनिकरणका लागि उपायहरु खोज्न मातहतका निकायलाई आग्रह गरेका थिए । तिन दिन सम्म संचालन भएको समिक्षामा सक्रिय सहभागीता जनाउका पाठकले आफुले स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा विस्तृत रुपमा बुझने मौका पाएको हुँदा अब नयाँ कार्यदिशा बनाएका आगाडी बढ्ने बताए । कार्यक्रमका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा गरेका परिवर्तनलाई अन्य प्रदेशले पनि आत्मसाथ गरेर आगाडी बढ्नुपर्ने बताए । उनले गण्डकीमा संचालन गरिएको डिजिटल हेल्थको अवधारणा अन्य प्रदेशमा पनि आवश्यक रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश सरकारकाप्रमुख सचिव रघुराम विष्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोदविन्दु शर्माले स्वास्थ्य क्षेत्रलाई थप मजबुद बनाउन सवै तहको सहयोगको आवश्यक रहेको बताए । समिक्षा कार्यक्रममा प्रदेशमा उत्कृष्ट हुने स्वास्थ्य कार्यालय, अस्पताल, आयुर्वेद र स्थानिय तहलाई सम्मान गरिएको थियो । गण्डकी प्रदेशका ११ जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय स्याङ्जा पहिलो स्वास्थ्य कार्यालय बागलुङ दोस्रो र स्वास्थ्य कार्यालय कास्की तेस्रो भएका छन ।

May be an image of 1 person, dais and text

अस्पताल तर्फ स्वास्थ्य स्याङ ्जा अस्पताल पहिलो, पर्वत अस्पताल दोस्रो, र लमजुङ अस्पताल तेस्रो भएका छन । स्वास्थ्य निर्देशनालयले गरेको मुल्याङ ्कनमा नवलपुरको बुर्लिङ टार गाउँपालिका पहिलो, बागलुङको बडिगाड गाउँपालिका दोस्रो, स्याङ्जाको पुतलीबजार नगरपालिका र गोरखाको अजिरकोट गाउँपालिका तेस्रो भएका छन । त्यसैगरी आर्युवेद तर्फ गण्डकी आर्युवेद औषधालय कास्की पहिलो, धौलागिरी आयुर्वेद औषधालय बागलुङ दोस्रो र नवलपुर आयुर्वेद औषधालय तेस्रो भएका छन । स्वास्थ्य निर्देशनालयले हरेक वर्ष उत्कृष्ट भएका कार्यालय अस्पताल र स्थानियतहलाई सम्मान तथा पुरस्कृत गर्दै आएको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए ।

May be an image of 12 people and text

समिक्षा कार्यक्रममा गण्डकी प्रदेशको हालको स्वास्थ्य क्षेत्रको अवस्था र भावी कार्यदिशाका बारेमा छलफल गरिएको महानिर्देशक खड्काले जानकारी दिए । कार्यक्रममा उत्कृष्ट भएका स्थानिय तह पुतलीबजार नगरपालिका स्याङ्जाका नगरप्रमुख तुलसीराम रेग्मी बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्‍द्र सुनारी बडिगाड गाउँपालिका बागलुङका अध्यक्ष गण्डकी थापा अधिकारी, र अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले प्रदेशले स्थानिय तहलाई गरेका प्रोत्साहनले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन सहयोग पुग्ने बताए । तिन दिन सम्म संचालन गरिएको समिक्षामा स्वास्थ्य क्षेत्रका समस्या चुनौतीका बारेमा छलफल गर्नुका साथै समाधानका उपायको पनि खोजी गरिएको थियो । जनस्वास्थ्यका लागि खोप, आमाको सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविको क्षमता अभिबृद्धि गरी अझै सशक्त बनाउनु पर्ने सर्ने नसर्ने रोगका साथै मानसिक स्वास्थ्यका बारेमा छलफल गरिएको थियो ।

May be an image of 1 person, dais and text

कार्यक्रम स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको अध्यक्ष र तथ्याङ अधिकृत दिवाकर पौडेलको संचालनमा सम्पन्न भएको थियो । समीक्षाका लागि गण्डकी प्रदेशका सबै जिल्लाका स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु, अस्पतालका प्रमुख एंव प्रतिनिधि तथा अन्य निर्देशनालयका महानिर्देशकहरु सहभागी थिए ।

May be an image of 10 people, dais and text

May be an image of 12 people and text

May be an image of 9 people, dais and text

May be an image of 5 people, people studying, table, dais and textMay be an image of 5 people, dais and text

May be an image of 1 person, dais and textMay be an image of 4 people, dais and textMay be an image of 3 people, dais and text

प्रतिक्रिया