राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको १९ औँ बार्षिक साधारणसभा तथा ७औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरस्वती खड्का परियारको अध्यक्षामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा शिव शर्मा, द्धितीय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्षमा जमुना थापा श्रीस चयन भएका छन । समितिको सचिवमा सुमन खड्का, सहसचिवमा तुलसा थापा, कोषाध्यक्षमा कल्पना चालिसे, सह कोषाध्यक्षमा हिरा परियार, संगठन बिभाग प्रमुखमा सञ्जनकुमार सिँह, महिला बिभाग प्रमुखमा रविना बिक, सदस्यमा रविन सुनार, मिना परियार, डलव खाती, प्रविन सुनार, माया सुनार, अनिल पौडेल, मनिष कँडेल, सुनिता परियार, पार्वती गुरुङ र मिलन पौडेल रहेका छन ।
अधिवेसन तथा साधारणसभाको उद्घाटन प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले गरेका थिए । सो अवसरमा बोल्दै उनले गीत संगीतमा देखिएका बिकृतिको अन्त्य गरेर सम्मृद्ध समाज निर्माणका लागि कलकारहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले संस्थागत रुपमा एकीकृत भएर अगाडी बढ्न सकेको खण्डमा मात्र संस्थाको बिकास र गरिमा उचो हुने बताए । प्रतिष्ठानलाई कला संस्कृति संरक्षण र कलकारहरुको दुःख सुखको साथी बनाउन आवश्यक रहेकोमा उनले जोड दिए ।
प्रतिष्ठानका केन्द्रिय सदस्य तारानाथ आचार्य, शंकर बिरही गुरुङ, प्रदेश कमिटिका अध्यक्ष सुरेन्द्र गुरुङ, बरिष्ठ उपाध्यक्ष पूर्ण परियार, प्रदेश सदस्य रेणु केसी, सल्लाहकार लक्ष्मण श्री, कालिका भगवती गुठिका अध्यक्ष कुमार खड्का, पत्रकार महासंघका सदस्य नारायण रिजालले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।
प्रतिष्ठान बागलुङका निवर्तमान अध्यक्ष किरण थापा, पर्वतका अध्यक्ष दिपक गदाल, तनहुँका अध्यक्ष श्रीराम गन्धर्व र म्याग्दीका प्रथम उपाध्यक्ष धुर्व जिसीले मंतव्य व्यक्त गरेका थिए । सो अवसरमा सचिव शिव शर्माले साँगठनिक र कोषाध्यक्ष प्रेम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष गणेश पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष सरस्वती खड्का परियारको स्वागत र सचिव शिव शर्माको संचालनमा सम्पन्न भएको थियो ।