नेकपा एमाले जैमिनी नगरको अध्यक्षमाः बद्री ढुंगाना

  • कार्तिक १२, २०७८

बागलुङ–नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत यति बेला गाउँ नगरपालिकाको अधिवेशन चलिएरहेको छ । जिल्लाका दश स्थानिय तह मध्ये केही स्थानिय तहमा गत मंगलबार नै सम्पन्न भएको थियो भने केही स्थानिय तहमा बाँकी रहेको थियो । बाँकी रहेको स्थानिय तह मध्ये  विहिबार जिल्लाको जैमिनी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन उदघाट्न सत्र पश्चात सुरु भएको बन्द सत्रबाट शुक्रबार बद्री ढुंगानाको अध्यक्षतामा ६१ सदस्यीय नेकपा एमाले जैमिनी नगरपालिका कमिटी सर्वसम्मत चयन गरेको छ । 
अध्यक्षका लागि ढुंगाना र डिलप्रसाद पौडेलको उम्मेदारी परेको थियो । यस अघि सह–संयोजक रहेका ढुंगाना जैमिनी–७ जैदीका हुन । समितिको उपाध्यक्षमा टिका उचै, सचिवमा रमेश बहादुर केसी उपसचिवमा भुमबहादुर पुन र गुमा नेपाली सर्वसम्मत चयन भएको अनेरास्ववियुका केन्द्रिय सदस्य शिव शर्माले जानकारी दिए । नेकपा एमालेमा एकताको सन्देश दिनका लागि जिल्लाका सवै स्थानिय तहमा नेकपा एमालेले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको शर्माले बताए । अधिवेशनको विहिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री पद्यमा अर्यालले गरेकी थिईन ।   जिल्लाका दश स्थानिय तह मध्ये निसीखोला र बरेङ गाउँपालिका बाहेक शुक्रबार सम्म अन्य आठ स्थानिय तहमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले बागलुङले जनाएको छ । 

प्रतिक्रिया