बागलुङ महोत्सव- चार लाख दर्शकद्धारा अवलोकन आठ करोड बराबरको कारोबार

  • पुस २२, २०८२

बागलुङ,  गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौं बागलुङ महोत्सवमा ८ करोड बराबरको कारोबार भएको छ । संघका महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यले जारी गरेको संयुक्त विज्ञप्तीमा महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएको जनाईएको छ । 
   बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा पौष ११ गते बाट सञ्चालन गरिएको महोत्सव १ दिन थप पौष २२ गते सम्म संचालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यासायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ’मेड इन वागलुङ’ नाम दिएर वागलुङमा उत्पादन हुने वस्तुको विक्रीवितरण तथा प्रदर्शन निकै महत्वपूर्ण रहएको थियो । स्थानीय उत्पादनको रूपमा निसीखोलामा भेंडाको उनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायतका स्थानीय उत्पादनले राम्रो बजार पाउनुका साथै बजारीकरणमा समेत सहयोग पु¥याएको बताइएको छ । 
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्ने सवैलाई संघले धन्यबाद व्यक्त गरेको छ ।  महोत्सवमा अटो मोबाइल देखी होटल रेष्टुरेण्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरु राखिएको थियो ।  स्टलहरुमा पनि उल्लेखनिय व्यापार भएको उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए । महोत्सवमा रमाईलो मेला संचालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरीगित प्रतियोगिता, महिलाहरुका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भाले छुने लगायन विभिन्न प्रतियोगिता संचालन गरिएको थियो । संघले महोत्सवबाट संकलन भएको रकमबाट सामाजिक उत्तरदायित्व बापत मानवसेवा आश्रम बागलुङका लागि ५ ११ हजार १ सय ११ लाख रुपैयाँ र नेपाल पत्रकार महासंघ बागलुङका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको निवर्तमान अध्यक्ष नरेश कंडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने बताईएको छ । महोत्सव समापनका अवसरमा महोत्सवका सह–आयोजकहरुदेखि प्रायोजन विभिन्न सघसंस्था, व्यापारिक प्रतिष्ठानलगायतलाई सम्मान गरिएको थियो ।
महोत्सव समापन समारोहमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङको उद्योग व्यापार र पर्यटन प्रर्वद्धनका निम्ती महोत्सवले ठुलो भुमिका खेलेको बताए ।  महोत्सवमा संचालन भएको मेडइन बागलुङले सवैको ध्यान तानेको भन्दै यसलाई अझै प्रर्वद्धन गर्न जरुरी रहेको बताए । श्रेष्ठले जिल्लाका सवै पालिकामा उत्पादन हुने स्थानिय बस्तुको बजारीकरणका लागि उद्योग बाणिज्य संघले सहजीकरण गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले महोत्सवले व्यापारिक मात्र नभएर यहाँको परम्परालाई पनि जगेर्ना गरेको बताए । 
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षता बरिष्ठ उपाधयक्ष ऋषिराम गौतमको धन्यबाद मन्तव्य महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो । 

महोत्सवको अन्तिम दिन चर्चित कलाकार रचना रिमाल, इश्वर सिंह, थानेश्वर कंडेल, सिता परियार लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

 

प्रतिक्रिया