बागलुङ- जिल्लामा दैनिक कोरोना संक्रमणको दर बढ्दै गए सँगै सात वडा उच्च जोखिममा परेका छन् । कुल ८५ मध्ये बागलुङ नगरपालिकाक वडा नम्बर १, २, ३, ४ र १३ वडा उच्च जोखिममा रहेका छन । त्यसैगरी गल्कोट नगरपालिकाको वडा नम्बर ३, बरेङ गाउँपालिकाको वडा नम्बर ५ उच्च जोखिम सूचिमा परेको हुन । हाल बागलुङ नगरपालिकाको वडा नम्बर १ मा १२, वडा नम्बर २ मा २२, ३ मा १६, ४मा १०, १३को पैयुँपाटामा १३ कोरोना संक्रमित रहेका छन् । त्यस्तै, गल्कोट नगरपालिकाको वडा नम्बर तीन मा १२ र बरेङ गाउँपालिका पाँचमा आठ जनामा कोरोना संक्रमण रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले कुनै वडामा संक्रमितको संख्या सात भन्दा धेरै भएमा उक्त वडालाई उच्च जोखिमको सूचिमा राख्ने गरेको छ । पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ३१ जनामा पीसीआर प्रणाली मार्फत कोरोना परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो भने २१ जनामा एन्टिजेन मार्फत कोरोना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । पी.सी.आर प्रणाली मार्फत कोरोना जाँच गर्दा बागलुङ नगरपालिकाका २८ र अन्य तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, एन्टिजेन मार्फत कोरोना परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा बागलुङ नगरपालिकाका तीन, गल्कोट नगरपालिकाका १२ र बरेङ गाउँपालिकाका छ जना रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हाल जिल्लामा एक सय ८६ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ ।