वडा अध्यक्षका लागि बा.न.पा. २ मा काँग्रेसबाट १० जना आकंक्षी

  • चैत २४, २०७८

बागलुङ- बागलुङ नगरपालिका वडा नं. २ को वडा अध्यक्षका लागि नेपाली काँग्रेसबाट १० जना उम्मेदारको आकंक्षी रहेका छन । विहिबार भएको वडा समितिको बैठक तथा भेलामा १० जनाको आकंक्षी व्यक्त गरेका हुन ।

जसमा प्रतिनिधि सभा क्षेत्र नं. १ का क्षेत्रीय सहसचिव गणेश लम्साल, हालका वडा सदस्य अर्जुन घिमिरे, निर्मला जिसी पन्त, वडा सभापति अमरबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि कर्णबहादुर हमाल, निर्माण कुमार श्रेष्ठ बासु, विदेश कुमार श्रेष्ठ, सुरेन्द्र बोसेल, शिशिर पन्त र शशिकपुर श्रेष्ठ रहेको वडा कार्यसमितिका सचिव खगेश्वर पौडेले जानकारी दिए ।

त्यसैगरी वडा सदस्यका लागि दलित महिला सदस्य तर्फ शान्ती बोसेल, खुलल्ला महिला सदस्यमा जुनु श्रेष्ठ, मेघकुमारी थापा, दिपा कुमारी जिसी, खुल्ला सदस्यमा धुव्र खड्का, कमल बोहोरा, राजेश भारी, राजेन्द्र बोसेल, खगेश्वर पौडेल र नबिन श्रेष्ठ रहेका छन । काँग्रेसले हरेक वडामा आकंक्षीहरुको नामावली संकलन गरी त्यसलाई छलफलका लागि अगाडी बढाएको छ । आकंक्षी उम्मेदवारहरु सँग छलफल गरी टुंगाउने र यदि उम्मेदवारको टुंगो नलागेमा माथिल्लो निकायमा पठाउने सचिव शर्माले जानकारी दिए । 

प्रतिक्रिया