नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङले बागलुङ नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई बधाई तथा सम्मान गरेको छ । श्रेष्ठलाई युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्य र केन्द्रीय सचिव जगत बहादुर पाठकले बधाई तथा सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले जनप्रतिनिधिलाई सफल बनाउने प्रमुख भुमिका कर्मचारीहरुको रहेको बताएका छन । उनले नगरपालिकाको विकासका निम्ती सवै संघ संगठनमा आवद्ध कर्मचारीहरुको निरन्तर सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सचिव जगतबहादुर पाठकले जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा हरेक क्षेत्रको विकास सम्भव रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङकका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता सचिव नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।