बागलुङ- जिल्लामा हाल कोरोन संक्रमितको संख्या बढ्दै गएको छ । केही दिन पहिले बागलुङका नौ स्थानीय तह कोरोना संक्रमित मुक्त भए पनि हाल दुई स्थानिय तह बाहेक सवै स्थानिय तहमा संक्रमित देखिएका छन । जिल्लाको बागलुङ नगरपालिकामा ५८ जना, बरेङ गाउँपालिकामा ८ जना गलकोट नगरपालिकामा ११ जना जैमिनी नगरपालिकामा २ जना तमानखोला गाउँपालिकामा २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
काठेखोला गाउँपालिकामा १ जना ताराखोला गाउँपालिकामा २ जना र बडिगाड गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेको घिमिरले जानकारी दिए । त्यसैगरी २ जना अन्य जिल्ला र बागलुङमा बसोबास गर्ने रहेका छन ।
जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा भने हाल संक्रमितको संख्या शुन्य रहेको छ । संक्रमित सवै होम आईशोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सवै भन्दा बढि संक्रमित बागलुङ नगरपालिकामा रहेका छन । नगरपालिका भित्रका वडा नं। २, ३ र १३ कार्यालयले उच्च जोखिमको सूचिमा राखेको छ । त्यसैगरी शुन्य संक्रमित भएको वडालाई न्युन जोखिम एकदेखि सात जनासम्म संक्रमित भएको वडालाई मध्यम जोखिम र सात जना भन्दा बढी संक्रमित भएको वडालाई उच्च जोखिमको सुचीमा राख्ने गरेको छ । संक्रमित मध्ये जनप्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मी समेत रहेका छन । अधिकांस संक्रमितलाई कडा लक्षण नभएको हुँदा घरमै बस्न आग्रह गरिएको छ ।