• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

गलकोटको मयेरका लागि गायक विष्णु खत्री सहित ६ जनाको नाम सिफारिस

  • ब‌ैशाख ७, २०७९

बागलुङ- नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्री सहित गलकोट नगरपालिकाको नगरप्रमुखका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।
मेयरमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई पनि उम्मेद्वार सिफारिस गरेको छ ।
उपमयेरको उम्मेदवारको रुपमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदत्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापालाई सिफारिस गरेको गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेतीले जानकारी दिए । 
 गठबन्धन भित्र काँग्रेस र माओबादी दुवैले मेयरबा लागि दाबी गरेको यस नगरपालिकामा कसले हाता पार्ने त्यो त बाँकी नै छ । नगरप्रमुखका लागि नेपाली काँग्रेसले पनि १४ जनाको नाम सिफारिस गरेको छ । 
 

प्रतिक्रिया