पहिलो निर्णय कार्यान्वयनको पक्षमा बडिगाड

  • कार्तिक ३, २०७९

बागलुङ-   गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले गरेको पहिलो निर्णय कार्यन्वयनको पक्षमा गएका छन । जिल्लाको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पदभार सँगै गरेको पहिलो निर्णय हाल कार्यान्वयनको पक्षमा गएको हो । 
    अध्यक्ष थापा र उपाध्यक्ष भिमसेन वनले सपथ ग्रहण पश्चात गाउँपालिका भित्रका सवै नागरिकको निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका थिए । सो निर्णय अहिले कार्यान्वय भै रहेको छ । । ‘जनता सँग पालिका अध्यक्ष स्वास्थ्य बिमा’ कार्यक्रम नाम दिएर गाउँपालिकाले स्वास्थ्य बिमाको काम अगाडी बढाएको छ । 
गाउँपालिका भित्रका दश वटै वडाका नागरिक जो विधुवा एकल महिला, विधुर एकल पुरुषको परिवार रहेको छ उनिहरुलाई गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको थियो ।  त्यस्तै गाउँपालिकाले ‘ग’ वर्गको अपाङ्गता परिचय पत्र भएका अपाङ्गहरुकोे परिवार, सकुम्बासी परिवार, न्युन पोषण भएको बच्चाको परिवारलाई निःशुल्क र महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकालाई ५० प्रतिशत छुटमा स्वास्थ्य विमा गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताईन ।  गाउँपालिकाले निर्धारण गरेको लक्षित वर्गलाई वडा कार्यालय मार्फत सिफारिस भएको आधारमा स्वास्थ्य बिमा गर्दै आएको  छ । 
गाउँपालिकाले विमाका लागि निर्धारण गरेको लक्षित वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन र अभिभाकत्व निभाउनका निम्ती उक्त कार्यक्रम संचालन गरेको अध्यक्ष अधिकारीले बताईन । ‘हामी गाउँपालिकामा आए सँगै गरेका निर्णय कार्यान्वयको पक्षमा गएका छौं, विपन्न र असाहयका निम्ती गाउँपालिकाले हेर्नुपर्ने दायित्व हो, अध्यक्ष थापाले भनिन्,–‘आफ्नो दायित्व बोध गर्दै निर्णय कार्यान्वयको पक्ष्मा छौं । बिमाका निम्ती गाउँपालिकाले कार्यविधि पनि तयार पारि सकेको छ । उक्त कार्यविधि कार्यपालिकाबाट पनि पास भएको र आगामी पाँच वर्षमा बडिगाड गाउँपालिका सवै नागरिकलाई स्वास्थ्य विमाको पहुँच ल्याउने थापाले बताईन । 
गाउँपालिकाले लक्षित वर्गका नागरिकको तथ्याङक संकलन र पहिचाहनको जिम्मा वडा कार्यालय र स्वास्थ्य संस्थालाई दिएको छ । वडा कार्यालयको सिफारिसका आधारमा बिमा गर्नका निम्ती सम्बन्धी लाभग्राही स्वयं गाउँपालिकामा आउनुपर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले जानकारी दिए । विमाका निम्ती लाभग्राही र गाउँपालिका विच सम्झौता गर्नुपर्ने छ । निर्णय कार्यान्वय र अभियान संचालनका निम्ती गाउँपालिकाले विभिन्न सरोकारवाला सँग अन्तरक्रिया गरेको थियो । अहिले लक्षित वर्गको स्वास्थ्य विमा गर्ने काम अगाडी बढिरहेको संयोजक केसीले बताए ।  गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहणका निम्ती स्वास्थ्य बिमाका सँग सँगै  प्रारम्भिक सिकाई केन्द्र बालविकासहरुको व्यवस्थापन गर्ने निर्णय  गर्नुका साथै स्थानीय विवादहरुको दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन सवै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । ति निर्णय पनि कार्यान्वयनको पक्षम रहको गाउँपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया