युनियनको केन्द्रीय सचिवमा जगतको उम्मेदवारी

  • फाल्गुण १८, २०७८

काठमाडौं - नेपाल निजामती कर्मचारी युनियन यति बेला आठौं महाधिवेशनको संघारमा छ । युनियनको आगामी फागुन २१ देखी २३ गते सम्म काठमाण्डौमा महाधिवेशन गर्ने गरी मिति तय भएको छ । नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहेको युनियनमा नयाँ नेतृत्वका लागि यसमा आवद्ध कर्मचारीहरु दौड्धुपमा छन । 
महाधिवेशन मिति नजिकिँदै गर्दा आफ्नो उम्मेदवारी पनि प्रस्तुत गरेका छन । यसै बिच युनियनको केन्द्रीय सचिव (खुल्ला) पदका लागि वर्तमान केन्द्रीय सदस्य जगत बहादुर पाठकले आफ्नो उम्मेदवारी दिने निधो गरेका छन । पाठकले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी सचिव पदका लागि रहने बताएका छन । 
बागलुङको बागलुङ नगरपालिका– १२ अमलाचौरका पाठक जिल्ला तहको नेतृत्व समालेर केन्द्रीय तहको नेतृत्वमा पुगेका हुन । नेपाल विद्यार्थी संघको राजनिति देखी सक्रिय राजनितिमा लागेका पाठक निजामती सेवामा प्रवेश गरे सँगै  युनियनमा निरन्तर सक्रिय रहेका छन । २०५४ सालमा युनियनको क्रियाशिल सदस्यता लिएका पाठक २०५५ मा बाग्लुङको जिल्ला सदस्यमा निर्वाचित भएका थिए । २०६४ सालमा जिल्ला उपाध्यक्ष भएका पाठक २०६७ सालमा जिल्ला अध्यक्ष भएर जिल्लाको नेतृत्व समाले । उनि पुन २०७१ मा दोस्रो कार्यकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएर बागलुङमा युनियनको संगठनलाई थप मजबुत बनाएका थिए । २०७२ सालमा युनियनको केन्द्रिय बिभाग सदस्य भएका पाठक २०७४ सालको ७ औं केन्द्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका हुन । केन्द्रीय सदस्य निर्वाचित भएपछि अतिरिक्त क्रियाकलाप बिभाग केन्द्रिय समिती सदस्यको जिम्मेवारी समेत पाठकले लिएका छन । बागलुङका रहँदा विभिन्न सामाजिक संघ संस्थाको पनि नेतृत्व समालेका पाठक स्पष्ट बत्ता र सक्षम नेतृत्वकर्ताको रुपमा परिचित छन । उनि अहिले सरकारी वकिलको कार्यालय काठमाण्डौंमा कार्यरत रहेका छन । 
निजामती सेवामा प्रवेश गरे सँगै युनियनका विभिन्न जिम्मेवारी पदमा रहेर काम गरेको र जिल्ला हुँदै केन्द्रीय तहको नेतृत्वमा आएको हुँदा अझै थप जिम्मेवारी पदमा रहेर काम गर्नका लागि आफ्नो उम्मेदवारी सचिवमा रहेको पाठक बताउँछन । ‘जिल्ला तहमा क्रियाशिल सदस्य हुँदै दुई÷दुई कार्यकाल अध्यक्ष भएर नेतृत्व समालेर केन्द्रीय सदस्यमा आएको हुँ । केन्द्रीय तहको नेतृत्वको बारेमा पनि धैरै बुझि सके, पाठकले भने,–‘देशभर राम्रो नेटवर्क बनिसकेको छ ।, साथीहरुले तपाई पदाधिकारीमा आउनुपर्छ भनेर नै मैले सचिवमा उम्मेदवारी दिने तयारी गरको हुँ ।’  उनले आगामी दिनमा युनियनलाई सबल, सक्षम, लोकप्रिय र गतिशिल संगठन बनाई आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रथम बनाउने गरी अबको नेतृत्व स्थापित हुने बताए । पाठकले युनियनको उत्कृष्ट नीति तथा कार्यक्रम तय गर्न नै आफ्नो उम्मेदवारी रहेको बताए । 
देश भरका युनियनका महाधिवेशन प्रतिनिधि सँग राम्रो सम्बन्ध रहेका पाठकले सवै प्रतिनिधिलाई सहयोग गर्न आग्रह समेत गरेका छन । 

प्रतिक्रिया