बागलुङ -सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब डिस्ट्रिक ३२५जे अन्तरगतका लायन्स क्लबहरुले शालग्राम संग्राहलय परिसरमा बृक्षारोपण गरेका छन । बागलुङ नगरपालिका– ६ कुँडुलेमा रहेको शालग्राम संग्राहलय तिरुपति धाम क्षेत्रमा शनिबार विहान बृक्षारोपण गरिएको हो । बागलुङमा क्रियाशिल लायन्स क्लव अफ बागलुङ पिस टाउन, लायन्स क्लव अफ बागलुङ पञ्चकोट, लायन्स क्लव अफ बागलुङ भगवती सेवा र लियो क्लव बागलुङ पिस टाउनले संयुक्त रुपमा बृक्षारोपण गरिएको लायन्स क्लवका रिजन चियर पर्सन रमेश शर्माले जानकारी दिए । यस क्षेत्रमा धार्मिक रुपमा महत्वपूर्ण मानिने धूपि, स्वामी र पारिजात लगायतका विरुवाहरु रोपिएको हो ।
वृक्षारोपण पछि आयोजित कार्यक्रममा बोल्दै बानपा ४ का वडा सदस्य अर्जुन सापकोटाले वृक्षारोपण गरेपछि रोपिएका विरुवाको निरन्तर संरक्षण गर्नुपर्ने बताए । उनले पछिल्लो समयमा विरुवा रोप्ने तर यसको संरक्षण भने नभएकोमा गुनासो पोखे ।
कार्यक्रममा शालग्राम संग्राहलय तिरुपति धामका गुरु इन्द्रमणि अधिकारी त्यागीले संग्राहलय परिसरमा रोपिएका सबै विरुवाहरु बातावरणीय पर्यावरणको लागि र धार्मिक रुपमा पनि निकै महत्वपूर्ण भएको हुदाँ विरुवाका संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा क्लवका रिजन चियर पर्सन रमेश शर्मा, डिस्ट्रिक चिफहरु गणेशराज लम्साल, बद्री ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम क्लवका जोन चियर पर्सन लक्ष्मी पन्त खत्रीको अध्यक्षता, लायन्स क्लव पञ्चकोटका हरिप्रसाद गौतमको स्वागत र क्लव पिस टाउनका सचिव ज्योति विष्ट केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।