बागलुङ, - गण्डकी प्रदेश भित्रका नयाँ पर्यटकिय क्षेत्रको पहिचाहन तथा प्रर्वद्धन थालिएको छ । कोरोना संक्रमणका कारण लामो समय देखी थलिएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले गन्तव्यको पहिचाहन एवं प्रर्वद्धनमा जुटेको छ । पोखराबाट पर्यटकिय गन्तव्यको खोजीमा निस्किएको नाटा गण्डकी प्रदेशको टोलीले बागलुङका पर्यटकीय क्षेत्रको पहिचाहन र प्रर्वद्धन गरेको छ ।
शुक्रबार र शनिबार टोलीले बागलुङ सदरमुकाम आसपासका र वलेवा क्षेत्रका पर्यटकिय क्षेत्रको प्रवद्धन गर्नुका साथै यस क्षेत्रलाई पर्यटकको हवको रुपमा कसरी विकास गर्न सकिन्छ त्यसको बारेमा सरोकारवालाई छलफल गरेको छ । गण्डकी प्रदेश पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले प्रर्वद्धन गरेको कार्यक्रमलाई बागलुङ नगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद लगायतले सहयोग गरेका थिए ।
पर्यटन व्यवसायीले बागलुङको नारायणस्थानमा रहेको बलेवा विमानस्थल, पैयुँपाटाका विभिन्न पर्यटकिय स्थल, भैरवस्थान मन्दीर, मुलाबारी, पाग्जाकोट, भकुण्डेको होमस्टे, भ्युटावर, दह, पञ्चकोट, बागलुङ कालिका मन्दीर लगायतको स्थानमा पुगेर यस क्षेत्रको प्रर्वद्धन गरेका थिए । टोलीमा सहभागी गण्डकी प्रदेश पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेललले बागलुङमा रहेका पर्यटकिय गन्तव्य प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए । यिनै ओझेलमा परेका नयाँ गन्तब्यमा पर्यटकलाई भित्राउनका निम्ती नाटा गण्डकी प्रदेशले ल्याएको कार्यक्रमले समग्र गण्डकी क्षेत्रकै पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
‘अब पोखरा आउने पर्यटक बागलुङ, पर्वत म्याग्दी आउनुपर्छ, पौडेलले भने, आन्तरिक पर्यटकलाई देखाउने पर्यटकीय स्थलको सूचीमा नयाँ गन्तव्य हुनुपर्छ,‘ पुरानै गन्तब्यले मात्रै अब पर्यटनको क्षेत्र उकास्न सकिँदैन’ नयाँ गन्तव्य पहिचाहन मन्त्रालय पनि खोजीमा छ । यसको प्रर्वद्धनका निम्ती हामी सहयोग गर्नेछौं । ’
आन्तरिक तथा बाह्र पर्यटकको लागि बागलुङ निकै सम्भावना रहेको क्षेत्र भएका कारण भोलीका दिनमा पोखरा आउने पर्यटक बागलुङ ल्याउन सजिलै सकिने नाटा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउँछन । उनले बागलुङ पोखरा र मुस्ताङ पछिको पर्यटकको राजाईको गन्तव्यको रुपमा विकास हुने बताए । ‘बागलुङमा थुप्रै पर्यटकिय गन्तव्य रहेछन । यहाँको बागलुङ कालिका पञ्चकोट, भैरवस्थान, ढोरपाटनको पर्यटन विकास गर्न सकेमा आनतरिक तथा बाह्रै पर्यटक आउने थिए । आकर्षक गन्तव्यहरूको अझै प्रचार हुन सकेको छैन, मुुस्ताङ जाने पर्यटकहरूलाई एक दिन यहाँ बसाल्ने सक्नुपर्छ, अध्यक्ष अधिकारीले भने–‘आन्तरिक तथा बाह्र पर्यटकलाई घुमाउने नयाँ गन्तब्यको पहिचान गरी त्यसको विकासमा लाग्नुपर्छ अहिले आन्तरिक पर्यटकमा उत्साह थपिएको छ । हामीले पर्यटकिय गन्तव्यको पहिचाहन गछौ र यसको प्रर्वद्धन गर्ने जिम्मेवारी स्थानियमा नै हुन्छ ।
पछिल्ला केही वर्ष बाह्र भन्दा आन्तरिक पर्यटककै चाप बढ्दै गएका कारण यहाँको पर्यटयिक क्षेत्रको विकासका निम्ती स्थानीय तहले समेत पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । उनले पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाको सहकार्यमा बागलुङको पर्यटन विकासका लागि नयाँ आयाम ल्याउने बताए । भ्रमण टोली पुगेका क्षेत्र बलेवा विमानस्थल, भैरवस्थान, भकुण्डे पञ्चकोट पर्र्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको र पोखराका पर्यटन व्यवसायीको रोजाईमा परेको नाटा गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष कमला गिरीले बताईन । उनले अब पोखरा आउने पर्यटकलाई बागलुङमा पनि नयाँ गन्तव्य छन है भनेर पठाउने पोखराका पर्यटन व्यवसायीको अठोट रहेको बताईन । भ्रमण टोलीमा ३० जना पर्यटन व्ययसायी सँगै गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपुर्ती मन्त्रालयका सचिव ज्ञानेन्द्रराज पौडेल शाख अधिकृत दुर्गा श्रीष बागलुङ नगरपालिका वडान नं. १२, १३ र १४ का जनप्रतिनि,ि पत्रकार लगायत भ्रमण टोलीमा रहेका थिए पनि सँगै रहेको थिए । नाटा गण्डकी प्रदेशले हरेक समय समयमा विभिन्न जिल्लामा पर्यटकिय गन्तव्यको पहिचान गरी यसको प्रर्वद्धनमा टेवा पु¥याउँदै आएको उपाध्यक्ष गिरीको भनाई छ । उनले पर्यटनसँग सम्बन्धित सरकारी, निजी तथा व्यवसायिक संघ संस्थाहरुसँग हातेमालो गर्दै पर्यटकीय गतिविधिहरु अघि बढाउनुपर्ने बताईन । गन्तब्यको पहिचानसँगै सुरक्षाको प्रत्याभूति, पूर्वाधारको पर्याप्त सुविधाको सुनिश्चितता भएमा बागलुङका पर्यटकिय क्षेत्रमा आन्तरिक पर्यटकको आइरो लाग्ने छ ।