‘माटो जोगाऔं’ देश दौडाह अभियान 

  • साउन १३, २०७९

बागलुङ -  माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सन्देशका साथ माटो जोगाऔं अभियानमा देश दौडाहमा निश्कीएका युवाहरु बागलुङ आई पुगेका छन । ३ हजार ५ सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने योजना सहित गत जेठ महिनाको ३० गते काठमाडौंबाट सुरु भएको अभियान लिएर यसमा सहभागी युवाहरु बागलुङ आएका हुन । 
    संसारभरीको माटोमा भएको उर्वराशक्तिमा ह्रास आएको भन्दै बचाउन ‘माटो जोगाऔं’ अभियान लिएर देशव्यापी कार्यक्रम संचालन गरेको मुख्य अभियान्त नबिन पुनले बताए । उनले अबको ६० वर्षपछि संसारको माटोमा कुनै पनि अन्नको उत्पादन हुन नसक्ने दावी गर्दै माटोको उर्वराशक्ति कायम राख्न अहिलेदेखि नै सबै क्षेत्रबाट माटो जोगाउन आवश्यक पहल गर्नुपर्ने बताए ।   
उनले माटो सबैको भगवान् र मुटु भएकाले सबैले माटोलाई जोगाउन लाग्नुपर्ने बताए ।  संसारका सबै जीवित प्राणीहरु माटोविना बाँच्न नसक्ने हुँदा माटोको संरक्षण गर्नु आवश्यक रहेको भनाई छ । 

१८५० किमी यात्रा गरिसके 
    अभियन्ता पुनले माटोको अर्गानिक कन्टेन्ट जोगाउन नसके खतरा उत्पन्न हुने चेतावनी दिँदै स्वतस्फूर्त माटो जोगाऔं अभियान लिएर देश दौडाहामा निस्किएको जानकारी दिए । पर्वतको जलजला गाउँपालिकाका घर भएका पुनले काठमाण्डौबाट यो अभियानको सुरु गरेको थिए । हाल सम्म १८५० किमी दौडी सकेका उनले हरेक जिल्ला पैदलै पुग्ने गरेका छन । 
    जलवायु परिवर्तनको असर कम गर्न, हावा तथा पानी माथिको प्रदूषण न्यूनीकरण र कृषिलाई उर्भर बनाउनका निम्ती माटोलाई जोगाउनुपर्ने पुनको भनाई छ । हाल जसरी माटोको जैविक मात्रा घट्दै गएको छ यही रफ्तारमा घट्ने हो भने अबको २० देखि २५ वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने अर्का अभियानका सदस्य निर्मल श्रेष्ठको भनाइ छ । ‘माटोको जैविक मात्रा बढाउन नसक्ने हो भने अबको २०–२५ वर्षमा खानका लागि युद्ध हुन्छ । लेखेर राख्नुस् हामीले माटो बचाउन सकेनौं भने खानकै लागि युद्ध हुन्छ’, उनले भने ।

बढदो रसायनिक मलको प्रयोगले माटो जोखिममा
हरेक सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुने गरेको श्रेष्ठले बताए । उनले माटोमा रासायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने र यसका लागि सरकारले नै नीति ल्याउनुपर्नेमा उनले जोड दिएका थिए । 
‘अहिले माटो मर्दै गएको छ । माटो स्वस्थ भए हामी स्वस्थ हुन्छौं,’ उनले भने, ‘हिजो हामीले खानेकुरामा जति पाउने शक्ति थियो अहिले त्यो घटेर छ त्यसको दशगुण खाँदा पनि हामीलाई चाहिने शक्ति प्राप्त हुँदैन । त्यसैले माटोको क्षमता बढाउन र माटोलाई स्वस्थ राख्न हामी सबैले सहयोग गर्न पर्छ’ पुनले भने ।
७७ वटै जिल्लामा ७५ दिनमा दौड सक्ने
अहिले विश्वव्यापी रूपमा नै माटो जोगाऔं अभियान चलिरहेको छ । यो अभियान सद्गुरुले सुरु गरेका हुन् । यही अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरेका थिए । 
काठमाडौंबाट निश्किएका नवीनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔं भन्दै दौड सक्ने योजना रहेको बताए । अभियानमा विभिन्न जिल्ला र स्थानिय तहमा सरोकारवाला सँग छलफल गर्दै अब स्थानिय तहले माटोलाई कसरी जोगाउने भन्ने निति अबलम्बन गर्न आवश्यक रहेको बताएका छन । उनिहरुले हरेक जिल्लाका स्थानिय तह, विद्यालय तथा क्याम्पसहरुमा पनि माटो जोगाऔं अभियानका बारेमा जानकारी दिँदै आएका छन । 
माटो जोगाऔं अभियानका  अभियान्त नबिन पुन  तश्विर नयाँपत्रीका
 

प्रतिक्रिया