उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, हिउँ खेल्दै रमाउँदै युवा युवती 

  • माघ २२, २०७८

‘हिउँ परेर पानी भो, जोवन यसै जाने भो, दशै औला जोडौंला.....’ गायक खेम सेच्चुरीले गाएको यो गित शनिबार अधिकाशं युवायुवतीको मोबाईलमा गुञ्जीएको थियो । विहिबार देखी अविरल वर्षा सँगै परेको बाक्लो हिमपातले डाँडा काडाँ ढाकेपछि शनिबारको फुर्सदिलो समय यहाँका युवा युवतीले हिउँ खेलेर विताएका थिए । हिउँमा रमाउँदै अधिकाशंले यसै गितमा टिकटक बनाएको दृश्य देख्न सकिन्थ्यो ।  युवायुवती हिँउको डल्लाले हानाहान खेल्दै मोबाईलमा टिकटक तथा भिडियो कैद गरेका थिए । 
वर्षा सँगै जिल्लाको उच्च पहाडी क्षेत्रमा बास्लो हिमपात परेको थियो । हिमपात परेपछि सेताम्मे देखिने डाँडाहरुमा युवायुवाती रमाएका थिए । शनिबारको फुर्सदिलो समय युवायुवती देखी पाका पुस्ता पनि हिउँ खेलेका थिए । जिल्लाको उच्च पहाडी क्षेत्र काठेखोला गाउँपालिका–५ को घोडाबाँधे क्षेत्र भ्यूटावर, जैमिनी नगरपालिकाको गाँजा दह, र हाँडीकोट, निसीखोला गाउँपालिकाको सिप र पातीहाल्ने क्षेत्र साथै ढोरपाटन सिकार आरक्ष क्षेत्रमा आन्तरिक पर्यटकको घुईचो लागेको थियो ।  जाडोमा पनि कुनै प्रवाह नगरी हिउँमा युवायुवतीहरु रमाएका थिए । 
हिँउ पर्दा प्रत्येक वर्ष यिनै क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । अग्लो डाँडा रमाईलो दृश्य सहित हिउँ खेल्न पाईने भए पछि विदाको दिन बागलुङ सदरमुकाम र गलकोट क्षेत्रबाट घोडाबाधे र बुर्तिबाङ क्षेत्रबाट निसी  र ढोरपाटनमा आन्तरिक पर्यटक पुग्ने गर्दछन । 
हिउँ खेल्नको लागी मात्र बागलुङको बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका लगायतका ठाउँबाट घोडाबाँधेमा भने सयौको संख्यामा बाक्लो उपस्थित रहेको बागलुङका होटल व्यवसायी रेशम आले मगरले बताए ।  यस क्षेत्रमा बागलुङ बजार र गलकोट क्षेत्रका व्यापारीहरु हिउँ खेल्नका लागि पुगेका थिए । 
हिउँ परे सँगै घोडाबाँधेमा रहेका होटल तथा रेष्टुरेण्टको व्यापार पनि बढ््ेको भ्यूटावर क्षेत्रमा व्यवसाय गरेर वसेका व्यवसायी टंक जिसीले बताए । ‘अघिल्ला दिन भन्दा हिउँ खेल्न आउने पर्यटकले यहाँका होटल रेष्टुरेण्टको व्यापार बढाईदिएका छन । जिसीले भने, शुक्रबार र शनिबार हजारौं पर्यटकहरु यहाँ हिउँ खेल्न आएका छन । चिसोमा हिउँमा रमाउँदै गर्दा यहाँको व्यापार पनि बढ्दो रहेको छ । यस क्षेत्रमा हरेक वर्ष यसै गरी हिउँ पर्ने र पर्यटकहरु हिउँ खेल्न आउने गरेको जिसीले बताए । घोडाबाँधे क्षेत्रमा विभिन्न हिमश्रृङखला हेर्नका लागि भ्यूटावर पनि निर्माण गरिएको छ । 
उच्च पहाडी क्षेत्रमा हिँउ परेपछि जनजिवन कष्टकर बन्दै गएको छ । पशुचौपायहरु चरणका लागि निसी ढोरपाटन क्षेत्रका किसानलहरुले निकाल्न पाएका छैनन । हिमपातका कारण मध्यपहाडी लोकमार्ग बागलुङ घोडबाँधे खण्ड र निसी भल्कोट क्षेत्र अवरुद्ध भएको थियो । हिमपातका कारण किसानहरुलाई भने खुसीयाली छाएको छ । हिउँ परेपछि गहुँ, तोरी, आलु लगायतका हिउँदे बाली सर्पिने भए पछि किसानहरु भने खुसी रहेको गलकोट नगरपालिकाका कृषि प्राविधिक रमा शर्मा बताउँछिन । यस क्षेत्रमा हिमपात सँगै पानी परे पनि सवै हिउँदे बाली सफिर्ने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया