बागलुङ- गण्डकी प्रदेश सभा सदस्यहरु यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा छन । उनिहरुले प्रदेश सरकारबाट आफ्नो क्षेत्रमा छनौट गरेका योजना तथा बजेट कार्यान्वयनको स्थितीको बारेमा छलफल गर्नुका साथै आगामी आर्थिक वर्षका लागि संभावित योजना टिपोटमा छन । गण्डकी प्रदेश सरकारको बजेट तथा योजना अनुगमन मुल्यांकन निर्देशिका मंगलबार बागलुङको जैमिनीमा जनप्रतिनिधि र अन्य विषयगत सरोकारवाला सँग प्रदेश सभा सदस्यले छलफल तथा परामर्श कार्यक्रम संचालन गरेका छन । बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी सहित प्रदेश सभा सदस्य लिलाबहादुर थापाले यस क्षेत्रका जनप्रतिनिधि र सरोकारवाला सँग छलफल गरेका हुन ।
आर्थिक वर्ष २०८१/०८२ को गण्डकी प्रदेशको तर्फ देखी यस क्षेत्रमा विनियोजित नीति, योजना तथा स्विकृत वजेट अनुसार सामाजिक विकास, पूर्वाधार विकास, पर्यटन, कृषि,तथा पशु, स्वास्थ, जलश्रोत लगायतका कार्यक्रमहरुको छलफल भएको प्रदेश सभा सदस्य सुवेदीले बताए ।
कार्यक्रममा प्रदेशको तर्फ देखी विनियोजित कार्यक्रमहरुको प्रगति विवरण सम्वन्धित विभिन्न विषयगत कार्यालयका प्रतिनिधिहरुले प्रतिवेदन पेस गरेका थिए । हालसम्म गण्डकी प्रदेश देखी विनियोजित योजनाहरु तर्फ जलश्रोत र पूर्वाधार तर्फका केही योजनाहरु सम्पन्न हुन बाँकी रहेको तथा अन्य योजनाहरु समयमै सम्पन्न भएको बताईएको छ । प्रदेशको गत वर्षका योजनाहरु नै अधुरो रहदैं गर्दा आर्थिक वर्षको नयाँ योजनाहरु सम्पन्न गर्न केहि ढिलासुस्ती भएको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुको प्रतिक्रिया माथी पनि छलफल गरिएको थियो ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको तर्फ देखी विनियोजित कार्यक्रमहरुमा कृषि तर्फ कृषि ज्ञान केन्द्र देखी धेरै कृषक लावान्भित भएका छन् । यसै गरी गत वर्ष र आर्थिक वर्षमा सम्पन्न गर्न अधुरा रहेका योजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक समेत रहेका सुवेदीले बताए । कार्यक्रममा नगरपालिका, वडा तह र विषयगत कार्यालयले योजना कार्यान्वयको विषयमा भएको समस्याको बारेमा समेत छलफल भएको थियो । यसका साथै आगामी वर्ष कुन क्षेत्रका कुन योजनालाई प्राथमिकता राख्ने भन्ने विषयमा समेत परामर्श गरिएको थियो । प्रदेश सरकारले विनियोजन गरेका योजनाको विषयमा सवै पक्ष सँग छलफल गरियो । समिक्षा सहित आगामी कार्ययोजना पनि गराएका छौं । सांसद सुवेदीले भने,–‘यो कार्यक्रमले आगामी दिनको कार्यदिशा पनि तय गर्नेछ । आउँदो वर्ष कुन योजनालाई प्राथमिकता राख्ने त्यसको बारेमा पनि छलफल गरेका छौं । गण्डकी प्रदेशका सवै क्षेत्रका सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगेर यसै गरी कार्यक्रम संचालन गरेका छन ।
कार्यक्रममा प्रदेश सभा सदस्य लिललाबहादुर थापाले योजनाहरु कार्यान्वयनका लागि सवै पक्षको सहयोग आवश्यक भएको बताए । उनले यस क्षेत्रका सवै योजनालाई प्रभावकारी बनाउन सक्यौ भने प्रदेश ख का विकासले फड्को मार्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख होमनाथ शर्मा, जैमिनी नगरप्रमुख नर बहादुर पुन, बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, जैमिनी उपप्रमुख हरिहर शर्मा, नगरपालिका सदस्यहरु, वडा अध्यक्षहरु, जैमिनी नगरपालिका प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेल, बागलुङ जिल्लामा प्रदेश माताहतका कार्यलय प्रमुख तथा प्रतिनिधि लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रम प्रदेश सभा सदस्य एवं समितिका संयोजक डिल्लीराम सुबेदीको अध्यक्षता र सोकिए सचिव सुजन सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।