सर्पले टोकेर एक बालककाे मृत्यु 

  • असोज ५, २०७८

जिल्लाको बरेङमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका–३ नयाँ  बजार बस्ने रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको मृत्यु भएको हो । 
सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुन ।पठनपाठनको लागि विद्यालय गएका मृतक खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको प्रहरी सहायक निरीक्षक अमृत कुँवरले जानकारी दिए । 
सुरुमा केले टोक्यो भन्ने थाहा भएन । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्र सर्पले टोकेको पहिचान भएको थियो । बिरामी जटिल हुँदै गएपछि नजिकको स्वास्थ्य चौकीमा जाँदा खत्रीको शरीरमा अक्सिजनको मात्रा कमी देखिएको थियो । गुल्मी शान्तिपुरको एक अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि मृत्यु भएको हो ।

प्रतिक्रिया