एमाले बागलुङले सवै पालिकामा उम्मेदवार टुंगायो बागलुङ पौडेल र ढोरपाटनमा नेपालीले दोहोराए

  • ब‌ैशाख १२, २०७९

नेकपा एमालेले बागलुङले जिल्लाका१० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यस अघिनै उम्मेदवार टुङ्गाएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो ।
नेकपा एमाले गण्डकी प्रदेशको निर्णय अनुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा पुन जनकराज पौडेलले पाएका छन ।  उप प्रमुखमा पवित्रा रोका उम्मेदवार हुने भएकी छन । एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

 ढोरपाटन नगरपालिकामा देवकुमार नेपालीलाइै एसअघिनै टिकट दिइसकेको थियो भने करमती पुनलाई एमालेले पुन ढोरपाटनको उपप्रमुख बनाउन टिकट दिएको छ । नेपाली र पुन फेरी दोहोरिएका छन । एमालेले गलकोट ताराखाेला निसीखोला र तमानखोलामा  यस अघिनै टुंगाएको थियो । 

प्रतिक्रिया