‘भोट फर गगन थापा’ भन्दै एक युवाले गरे बञ्जी (तश्विर र भिडियो सहित)

  • कार्तिक २७, २०७९

बागलुङ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई भोट माग्दै विश्वकै दोस्रो अग्लो बञ्जीमा एक युवा हाम फालेका छन । 
बागलुङको बलेवा र पर्वतको कुश्माको विचमा कालिगण्डकी तिरको माथि साहसी खेलको रुपमा रहेको बञ्जीबाट ‘भोट फर गगन थापा भन्दै एक युवा बञ्जी गरेका हुन । 
बागलुङ नगरपालिका–१४ नारायणस्थानका घर मै हाल काठमाण्डौ अनामनगरमा बस्ने ३५ बर्षिय युवा सुमन शर्माले बञ्जीबाट हाम फालेका हुन । ५२५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि २२८ मिटर अर्थात ७४८ फिट अग्लो स्थानबाट शर्माले बञ्जी गरेका छन । ‘जेन जि. जेनेरेशन गगन, उई आर जेनेरेशन गगन, अबको पालो गगन, गगन हाम्रो प्रधानमन्त्री, भोट फर गगन थापा भन्दै उनले बञ्जीबाट शनिबार हाम फालेका थिए । 
‘जसरी बञ्जीका लागि साहस चाहिन्छ त्यसै गरी हाम्रो देश हाक्ने साहस भएका नेता गगन थापा हुन । अबको प्रधानमन्त्री गगन बन्नुपर्छ हरेक नागरिकका आधाभुत आवश्यकताको प्रत्याभुती दिन सक्के नेतृत्व चाहियो शर्माले भने,–‘हामी युवामा जस्तै साहस गगनमा पनि छ अबको देश हाक्ने जिम्मा गगनलाई दिनुपर्छ । हामी गगनको पुस्ता हौ गगन जस्तै युवा देशका लागि खाँचो छ । गगनको साहसमा युवाहरुको हातमा हात साथमा साथ छ भन्ने सन्देश दिनका लागि बञ्जी गरेको हुँ ।’ उनले देशका लागि केही गर्छुभन्ने हुटहुटी र जोस बोकेका नेतालाई युवाहरुले साथ दिनुपर्ने बताए । 
फिजिक्स, साईकोलोजी र जनस्वास्थ्य विषयमा स्नाकोत्तर गरेका शर्माले देशमा परिवर्तन ल्याउनका निम्ती गगन जस्ता युवाहरु नेतृत्वमा आउनुपर्ने बताए । उनले जताततैबाट गगन थापाको समर्थन रहेको हुँदा अबको राजनितिमा गगनको जेनेरेशनको खाँचो रहेको बताए । नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुको बञ्जीका लागि संमायोजन गरेका थिए ।

 
काठमाण्डौ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका थापालाई युवाहरुले  अबको प्रधानमन्त्री गगन भन्दै देश तथा विदेशमा क्याम्पेनिङ गरेका छन । ‘जेन जि, गगन फर पिएम अभियान बञ्जी सँगै एसियाकै लामो भनिएर दाबी गरिएको बागलुङ पर्वत जोड्ने लामो झोलुङ्गे पुल, फ्रान्सको पेरिसमा रहेको आईफिल टावर, अस्टे«ेलिया साईप्रस लगायतका देशमा रहेका युवाहरुले पनि यो अभियान संचालन गरेका अभियानका एक अभियान्ता पवन आचार्य बताउँछन । गगन थापा अबको प्रधानमन्त्री भन्दै युवाहरुले उक्त अभियान संचालन गरेका छन ।

 

भिडियो र तश्विर सौजन्य : द क्लिफ
 

प्रतिक्रिया