बागलुङ- बागलुङ नगरपालिका—१२ अमलाचौरमा संचालित अन्तर मुस्लिम खुल्ला भलिवलको उपाधी रुपाकोट मुस्लिम समाज कास्कीले जितेको छ । बलेवा मुस्लिम समाजको आयोजनामा संचालित प्रतियोगितामा आयोजकलाई हराउँदै रुपाकोटले उपाधी जितेको हो ।
शनिबार भएको फाईनल खेलमा रुपाकोटले ३—० को सोझो सेटले बलेवा मुस्लिम समाजलाई पछि पार्दै उपाधी हाता पारेको हो । खेलको पहिलो सेटमा १६—२५ विजयी सुरुवात गरेको रुपाकोटलाई दोस्रो सेटमा भने बलेवाले पछाएको थियो तर २३—२५ ले दोस्रो सेट पनि रुपाकोटले नै हाता पा¥यो । खेलको तेस्रो सेटमा २२—२५ को अन्तरले जित्दै रुपाकोटले तिनवटै सेट आफ्नो पक्षमा ल्याएर उपाधी जितेको हो ।
प्रतियोगितामा रुपाकोटले हुक्का मुस्लिम समाज तनहुँ हराउँदै फाईनलमा प्रवेश गरेको थियो भने बलेवा मुस्लिम समाज ले आफ्नै दोस्रो समुहलाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो । रुपाकोटले ३—१ सेटले हुक्कालाई तेस्रो स्थानमा पु¥याईदिएको थियो भने आयोजक बलेवाले आफ्नै अर्को समुहलाई हराएर फाईनलमा प्रवेश गरेका थियो ।
प्रतियोगितामा प्रतियोगितामा पहिलो हुनेले नगद ६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ४० हजार मेडल र प्रमाणपत्र, र तेस्रो हुनेलाई नगद २० हजार र प्रमाण प्रदान गरिएको बलेवा मुस्लिम समाजका अध्यक्ष मैनुदिन मियाले जानकारी दिए ।
समाजले नै आयोजना गरेको नाथ सरिफ प्रतियोगितामा रुपाकोट मुस्लिम समाजका अब्दुल गुफरमिया प्रथम, कुश्मा पर्वतका रेहान मिया दोस्रो थप्रेकका महोमद नमाज तेस्रो भएका थिए ।
बलेवा मुस्लिम समाजले पहिलो पटक आयोजना गरेको खेलमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मुस्लिम समुदायका खेलाडीहरुको सहभागी रहेको थियो । खेलले आफ्नो समुदायको सम्बन्धलाई अझै नजिक बनाएको समाजका अध्यक्ष मियाले जानकारी दिए ।
खेल समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले मुस्लिम समाजले आयोजना गरेको प्रतियोगिताले अन्य समुदाय सँग पनि भाईचार बढाएको बताए । उनले प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरु सहभागीता भएको र त्यो पनि मुस्लिम समुदायको मात्र भएको हुँदा यसले अझै आफ्नो समुदाय र सम्प्रदायका व्यक्तिहरु सँग सम्बन्ध बनाएको बताए । उनले अमलाचौरमा रहेका मुस्लिम समुदायको छुट्टै पहिचान भएको हुँदा यस्ता कार्यक्रमले यहाँको पहिचाहनलाई अझै परिस्कृत गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिका—१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष मैनुदिन मियाको अध्यक्षता सचिव युनिस मियाको स्वागत र कालाकार एवं पत्रकार कृष्ण अखेलीको संचालनमा सम्पन्न भएको थियो ।