नेपाल कम्युनिष्ट पार्टी एमाले फुटसंगै जन्मिएको पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले बागलुङले पुर्णता पाएको छ । शनिबार बागलुङमा आयोजना गरिएको जिल्ला भेलाबाट लाल बहादुर थापाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पुरी तथा उप–सचिवमा चक्र थापा रहेका छन् ।
यस्तै,सदस्यहरुमा जीवन आचार्य, याम बहादुर श्रीस, हरी बहादुर घर्ती, सीता थापा छन्त्याल, बल बहादुर नेपाली, इन्द्र बहादुर थापा, श्याम पुन, शालिकराम शर्मा, पार्वती सापकोटा, होमनाथ सापकोटा, खगेन्द्र शर्मा, नारायण पौडेल, प्रेम थापा, निञ्जन विक, काजीमान श्रीस, सकस श्रीस, तुल कुमारी शर्मा, पुष्पा शर्मा, चिन्तामणी जैसी, सुरज बोसेल, लाल बहादुर केसी, प्रदिप जिसी, भूमिराज शर्मा, फरिन्द्र खड्का, डोलेन्द्रराज शर्मा, राम प्रसाद शर्मा, प्रदिप आचार्य, हरी प्रसाद सापकोटा, रमजान खान रहेको नेकपा एकिकृत समाजवादी पार्टी बागलुङले जनाएको छ । यस्तै, देवकला सापकोटा, रामराजा गौतम, सुरेन्द्र खड्का, खजराज शर्मा, नितु खड्का, बेद प्रसाद शर्मा, दिपक पुन, कमल कार्की, चन्द्रकला थापा, याम बहादुर श्रीस, आशिष थापा, नर बहादुर बिक, नविन थापा, याम बहादुर थापा, चक्र बहादुर गुरुङ, राजेश सापकोटा, एकनाथ शर्मा, नारायण रोका, इन्द् बहादुर छन्त्याल, जमुना श्रीस, सन्जीब थापा रहेका छन् । महिला उपाध्यक्ष भने संक्रमणकालिन अवश्था भएकाले केहि समयमा राखिने बताईएको छ । ७५ सदस्य मध्य अन्य सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पार्टी गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठले केपीको सरकारले मजदुरको हितमा काम नगरेको, सर्वहारा,मजदुर र श्रमजिवीको हितमा काम नगरेको, देश र जनताको हित र समृद्धीको पक्षमा काम नगरी सामन्ती बनेको र देशमा श्रोत साधन प्रयोग गरेर अगाडी बढ्नुको सट्टा सामन्ती दलाल पुजिवादीलाई देशको श्रोत साधन बेचेको आरोप समेत लगाए । गोदावरी र चन्द्रगिरी जस्ता ठाउँलाई ओलीले दलाल पुजी पतिलाई सुम्पेको श्रेष्ठको आरोप थियो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य चुडामणी जङ्गली, राष्ट्रिय सभा सदस्य शान्ती अधिकारी, प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, पुर्व उर्जा मन्त्री रामजी प्रसाद शर्मा, नेकपा एकिकृत समाजवादी पार्टीका नेता श्रीप्रसाद शर्मा, नेकपा एकिकृत समाजवादी पार्टी निकटको नेपाल महिला संघ क्षेत्र नम्बर १ की अध्यक्ष सिता थापा लगायतले बोलेका थिए ।
कार्यक्रम नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य बागलुङका अध्यक्ष लाल बहादुर थापाको अध्यक्षता, प्रदेश कमिटी सदस्य भुपाल चालिसेको स्वागत तथा भरत पुरीको संचालनमा सम्पन्न भएको थियो ।