• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • पर्यटन ,
  • फोटो फिचर

‘चैते दशै बागलुङे मेलैमा’

  • ब‌ैशाख ४, २०८१

नारायण रिजाल,- बागलुङ ।    चैते दशैं बागलुङे मेलैमा गायक टिका क्षेत्री प्रकृतिले र विष्णु माझीले गाएको यो गित हरेक वर्ष चैत्राष्टमीको समय अर्थात बागलुङमा लाग्ने चैतेदशै मेलामा निकै गुञ्जिन्छ । यो गित मात्र है बागलुङ भन्ने वित्तीकै यहाँ लाग्ने चैते दशैं मेला र बागलुङ कालिका मन्दिरसंगै जोडिएर आउँछन् । त्यसैले पनि बागलुङ कालिका मन्दिर र चैत्राष्टमी मेलाको विषयलाई लिएर थुप्रै गीत पनि बनेका छन । चैत्राष्टमी मेला गण्डकी प्रदेशकै ऐतिहासिक मेलाको रुपमा लिने गरिन्छ । 
विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । पछि मूर्ति सहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापनापछि चैते दशैं मेलाको सुरु भएको किम्बदन्ती पाईन्छ । उसो त कालिका मन्दिरमा हरेक दिन पूजा पाठ हुन्छ । यद्यपी चैते दशैं र वडा दशैंमा भक्तजनहरुको ठूलो घुँईचो लाग्छ । विशेषगरी चैतै दशैं, धुमधामका साथ मेला लाग्ने यो दिनलाई खास मानिन्छ । हरेक वर्ष चैते दशैंमा यहाँ मेला लाग्छ ।

May be an image of 11 people and temple
राजकुमारीको निकै प्रिय माझी देवीलाई बाँगेचौरमा स्थापना गरेपछि रानीको चित्त दुखाईलाई बुझेका राजा प्रतापी नारायणले बाँगेचौरमा देवीलाई स्थापित गरेर चैत्र शुक्ल अष्टमीलाई मध्यनजर गरी चैतदशैं मेलाको आयोजना गरी रानी सहित आफु आएर देवीको पूजाअर्चना गर्ने, स्थानीय लोक साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुद लगायत हाटबजार सञ्चालन गर्ने साथै जनताको पीरमर्का सुन्ने र बुझने परम्परा कायम गरेको बताईन्छ । बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्र्दा मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस र कुखुरा समेत बली दिईन्छ । 

    बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष कुमार खड्का अनुसार हरेक वर्ष वडादशैंमा ४ लाख भन्दा बढि र  चैत्ते दशैंमा ६ लाख आन्तरिक तथा बाह्य पर्यटक मन्दिरको दर्शन तथा पूजापाठ गर्ने अनुमान गरिएको छ । वडादशैंमा भाकल गरेकाहरु पूजा गर्न धेरै आउँछन् । चैत्र दशैंमा भने घुम्न र हेर्नका लागि आउनेहरुको संख्या बढि हुने गरेको खड्काले बताए । बागलुङ कालिकामा गरेको भाकल पूरा भएको भन्दै सुनचाँदी चढाउने चलन पनि छ । कालिका देवीलाई यसरी सुनचाँदी चढाउने सयौं वर्ष पुरानो प्रचलन रहि आएको छ ।

कालिका मन्दिरमा पहिलेका पुराना संरचनालाई कलात्मक ढंगबाट पुनःनिर्माण गरिएको छ । यसले पर्यटकलाई झनै आर्कषण गराएको छ ।’ मन्दिरमा आउने भक्तजनहरुको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाईएको अध्यक्ष खड्का बताउँछन् । 
सामाजिक र आर्थिक क्षेत्रसंग जोडने 
बागलुङ कालिका मन्दिर र चैते दशैं मेला जिल्लाको आर्थिक सामाजिक अवस्था संग जोडिएको छ । बाईसे चौबिसे राज्य हुँदा एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गररे कब्जा गर्ने चलन रहेको र देवीको पूजा गरेमा शक्ति प्राप्त हुन्छ र युद्ध जितीन्छ भन्ने विश्वासका आधारमा राजाहरुले पुजापाठको चलन बसाएको संस्कृतिविद प्रेम छोटा बताउँछन । चैते दशै मेला यहाँको सामाजिक र आर्थिक क्षेत्रसंग जोडिएको छ । चैतें दशैको मौका पारेर यहाँका स्थानीय उत्पादनहरुको विक्री वितरण गर्ने गरिन्छ ।
 
उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत 
ग्रामिण भेगमा उत्पादन भएका बस्तुहरुलाई बजारको श्रोत बनेको छ मेला । यसले जिल्लाको आर्थिक क्षेत्रलाई धानेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  चैते दशैंमा देशका विभिन्न ठाउँबाट मेला भर्न र कालिका मन्दिरको दर्शनका लागि आउने गर्दछन । यहाँको ग्रामिण क्षेत्रमा निगालोको चोयाबाट निर्मित डोको डाली, नाङ्लो, काठको ठेकी,फलामका भाडाँ, मादल, लिएर मेलामा बिक्रि वितरणका लागि राखिने छ यसले जिल्लाको आर्थिक क्षेत्रलाई टेवा पुग्ने श्रेष्ठले बताए । मेलामा विभिन्न ठाउँहरुबाट काठका ठेकाठेकी, बेतबाँसबाट बनेका डाला डाली नाङला आदी स्थानीय उत्पादन ल्याएर विक्री गर्ने चलन अझै पनि कायमै छ । विगतमा यहाँको अर्थतन्त्र चैते दशैं मेलामा निर्भर रहेको कुरा बागलुङ यहाँका व्यवसायीहरु बताउँछन । कुनै बेला सडक नहुँदा चैतें दशैमा लाग्ने मेलाकै भरमा बागलुङको अर्थतन्त्र चलेको थियो श्रेष्ठले भने, तर अहिले चैते दशै मेला भर्न आएका बजार जाँदैन बजारको व्यापार भने सोचे अनुसारको हुन सकेको छैन । 

दोहोरी गितको खानी चैते दशै मेला  
चैते देशै मेला दोहोरीगीत लागि एउटा खानी रुपमा रहेको छ । प्रत्येक वर्ष  चैत्राष्टमी मेलाका क्रममा दोहोरीगीत प्रतियोगितालाई निरन्तरता दिने गरिएको छ । पछिल्लो समयमा विभिन्न स्थानमा मेला महोत्सव भएर दोहोरी गित प्रतियोगिता संचालन भए पनि केही समय पहिले बागलुङको चैत्राष्टमी मेला र दोहोरीगितले छुट्टै पहिचाहन बोकोको थियो । बागलुङ लगायत धौलागिरी क्षेत्रबाट उत्पादन भएको अधिकाम्स कलाकार चैतै दशैं मेलाको उपजको रुपमा पनि मान्न सकिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दोहोरी गितमा कलाकारहरु भाग लिने गर्दछन । यस वर्ष पनि ३० टिम बढिको सहभागिता रहेको मेला आयोजक समितिले जनाएको छ ।  चैतै दशैं मेला लोकदोहोरीको उर्भरा भुमी भएको लोक तथा दोहोरी गायक विष्णु खत्री बताउँछन । दोहोरी प्रतियोगिता हुने चलन निकै पूराना हो,’ खत्रीले भने चैते दशैं मेलामा दोहोरी गाउँदा गाउँदै म लोक दोहोरी क्षेत्रमा लागेको हुँ । पहिला जस्तो मौलिकता भने हराउँदै गएको छ तर यहाँको दोहोरी गितको छुट्टै रौनकता छ । खत्रीले लोकदोहारी गितमा हराउँदै गएको मौलिकता प्रति चिन्त व्यक्त गरे । उनले प्रत्येक कलाकारले युबट्युब च्यानल खोलेर लोकदोहोरीको नाममा अलि छाडापन भित्राएकोमा समेत दुःख व्यक्त गरे ।  
पहिले पहिले म्याग्दी पर्वतमा महिला र यहाँका पुरुष तथा यहाँका महिला र म्याग्दी पर्वतका पुरुषहरुबीच लगातार दुई तीन दिनसम्म झाम्रे गाउने चलन भएको अग्रजहरु बताउँछन ।  त्यतीबेला, सालैजो, यानीमाया, लस्के भाका लगायत यहाँको स्थानीय मौलिक गितहरु चैते दशैंमा गाउने गरिन्थ्यो । अहिले विस्तारै हराउँदै गयो, गाउन छोडेपछि नयाँ पुस्ताले भुलेको खत्रीको भनाई छ । 
 चैते देशैं मेलाको पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगितालाई चैत्राष्टमी मेला व्यवस्थापन समिति यस वर्ष पनि निरन्तर दिएको छ । दोहोरी गित प्रतियोगिताको पुरस्कार प्रथमलाई २ लाख रुपैयाँ द्धितियहुनेलाई १ लाख रुपैयाँ र तृतिय हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ । 

 

भलिबल र छेलोमा युवाको आर्कषण
मेलामा संचालन हुने भलिवल प्रतियोगितमा राष्ट्रिय स्तरका खेलाडीको सहभागि हुन्छ । खेल प्रति युवाको आर्कषण पनि बढ्दै गएको छ । भलिबलको पुरस्कार राशिनै ३ लाख रुपैयाँ रहेका कारण पनि मेलामा खेलप्रेमी बढ्दै गएका छन । भलिबल खेल हेर्नकै निम्ती टाढा टाढाबाट आउने गरेको मेला मुल आयोजक समितिका संयोजक कुमार खड्का बताउँछन । 
पूर्वाधार निर्माणमा तिव्रता
अहिले बागलुङ कालिका मन्दिर मन्दिरको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा तीब्र गति लिएको छ । मन्दिरको यसै वर्ष छाना मर्मत गरिएको छ भने मन्दिर पसिरमा स्लेट ढुङ्गा बिच्छ्याईएको छ । मन्दिरको बृहत्तर विकास गरेर धार्मिक तथा पर्यटन गन्तव्य स्थलको रुपमा अगाडी बढाउने गुरुयोजना निर्माण गरिएको छ ।  दिर्घकालिन रुपमा असर नपर्नेगरी भौतिक निर्माण गर्न गुठी संस्थान र पुरातत्व विभागमा अध्ययनका लागि अगाडि बढाईएको अध्यक्ष खड्काले बताए ।  मन्दिर पछाडिको भ्यू प्वाइन्ट र ज्येष्ठ नागरिक आश्रम स्थल पनि संचालन गरिएको छ । मन्दिरमा आउने दर्शनार्थीका निम्ती कालिगण्डकीको पानी लिफ्टििङ प्रविधि मार्फत मन्दिर परिसरमा ल्याईएको छ ।  मन्दिरको मूल गेटमै पूजा सामग्री किन्न तथा खाजा खानका लागि सुविधा सम्पन्न रेष्टुरेण्ट समेत सञ्चालनमा छ । यहाँको आर्थिक र पर्यटन विकासका लागि बागलुङ कालिका र चैते दशै मेलाले निकै महत्व बोकेको छ ।  

 

प्रतिक्रिया