बागलुङ नगरखानेपानी अधिवेशनः सुवास आचार्यको समर्थन जयराम भारीलाई

  • पुस २६, २०८०

बागलुङ - बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अधिवेशनका लागि आउँदो शनिवार निर्वाचनको मिति तय भएको छ ।  अधिवशेनमा अध्यक्ष पदका उम्मेदवार सुवास आचार्यले अर्को अध्यक्ष पदमा उम्मेदवार जयराम भारीको समुहलाई समर्थन गर्ने जनाएका छन । विहिबार विहान पत्रकार सम्मेलनमा आचार्यले आफ्नो सर्मथन भारीको समुहलाई रहेको बताएका हुन । निर्वाचनको कार्यतालिका अनुसार मनोनयन फिर्ता हुने समय सकिए पनि आचार्यले आफ्नो उम्मेदवारी ‘मिडप्याक’ गरेको जानकारी दिएका छन । ‘सवै नगरखानेपानीका उपभोक्तालाई मैले यो आग्रह गरेको छु की मेरो उम्मेदवारी फिर्ता गरि मेरो समर्थन जयराम भाईको समुहलाई रहेको छ आचार्यले भने,—‘मैले मेरो उम्मेदवारी प्याक गरे मेरो समर्थन जयराम भाईलाई रहेको छ । हजुरहरुले पनि उहाँकै टिमलाई मतदान गरी विजयी गराईदिनु । 
आचार्यको समर्थन भारीलाई भएपछि अब मुख्य प्रतिस्पर्धा ३ जना विच हुने देखिएको छ ।  यस अघिको तदर्थ समितिमा रहेर काम गरेका भारी सँगै लामो समय सम्म खानेपानी कै अध्यक्ष भएर काम गरेका केवी राना मगर र अर्को युवा व्यवसायी भुपेन्द्र खड्का पनि चुनावी प्रतिस्पर्धामा रहेका छन । संस्थाबाट झण्डै ४ हजार जना उपभोक्ताले खानेपानी उपभोग गरिरहेको भएपनि संस्थाका नियम अनुसार १५ सय २८ जना मतदाताले मतदान गर्ने भएका छन् ।

भिडियो सहित

 

 

प्रतिक्रिया