बागलुङ- नवजात शिशु र बालरोग व्यवस्थापनका निम्ती ६ दिनको तालिम आईतबार देखी जिल्लाको बडिगाड गाउँपालिकामा संचालन भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका दश वटै स्थानिय तह अन्तरगतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि उक्त तालिम व्यवस्थापन गरिएको हो । विषेश गरी समुदायस्तरमा नवजात शिशु बालमृत्युदर घटाउनका लागि र बच्चामा हुने रोगहरुका व्यवस्थापनका निम्ती उक्त तालिमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । तालिममा स्वास्थ्यकर्मीले समुदायमा आधारित नवजात शिशु तथा बालरोग सम्बन्धी एकिकृत व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण गरिने छ ।
तालिममा २२ जना सहभागी रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय प्रमख गुरौ, जनस्वास्थ्य निरिक्षक घिमिरे, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्ला, डा. रोहित शर्मा र सुआहारा परियोजना बागलुङका पोषण अधिकृत रुवि जोशिले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।