बागलुङ बजारमा बस्ती भित्र चितुवा पसेपछि.......

  • माघ ४, २०७९

बागलुङ- बुधबार विहान बागलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा चितुवा पस्यो । विहान ९ः३० बजे घरभित्र चितुवा पसेको देखेपछि खड्काले प्रहरीमा खबर गरे । प्रहरी र डिभिजन बन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको अबस्थामा भेटिएको डिभिजन बन अधिकृत मुकुन्द अधिकारीले बताए । अधिकृत अधिकारीले भने,‘प्रहरीले हामीलाई खबर गरेपछि त्यहाँ पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको थियो ।’ चितुवा घरभित्र पसेपनि कसैलाई आक्रमण भने गरेको छैन । 

डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले चितुवालाई नियन्त्रणमा लिइएको छ ।  विहान उज्यालो भएपछि जंगलबाट गाउँ पसेको चितुवाले सुरक्षित बासस्थानको खोजिमा घरमा पसेको अनुमान गरिएको छ । 

चितुवालाई डिभिजन वन कार्यालयसँग रहेको सामान्य काठको खोरमा राखेर सुरक्षित तरिकाले घरबाहिर निकालिएको अधिकारीले बताए । उनले नियन्त्रणमा लिइएको चितुवा वन कार्यालयको परिसरमा राखिएको र बुधबार साँझ जंगलमा लगेर छोडिने वन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया