बागलुङ- मुक्तीनाथ पिठाधिस स्वामी कमलनयनाचार्यजी महाराजका सत्संकल्पमा धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नया वर्षका अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको छ ।
यज्ञ हुने स्थानमा अबलोकनकालागि सोमवार स्वामी कमलनयनाचार्यजी महाराजको टोली पर्वतको जल्जला गाउपालिकाको कालन्जर पर्वतमा हेलिकप्टरमा पुग्नु भएको हो ।
पर्वतको जल्जला गाउपालिकामा पर्ने कालन्जर ,बाग्लुंगको पन्चकोट र कुडुलेमा सोमवार स्वामीजी ,जल्जला गाउपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, उद्योगपति बिनोद कुंवर, डा संगिता कार्की, केबुलकार र मनोरेलका बिज्ञ गुणराज ढकाल सहितको टोली हेलिकप्टरवाट पुगेको हो ।
आउदो बैशाख १ गतेवाट पर्वत, बाग्लुंगको रारायीकोट( राजराजेश्वरी देवीको तपोभूमि ) , मालिका भगवति, म्याग्दीको तपोभूमि सिद्धथान (टोडके) , गौस्वारामा आउदो बैशाख १ गतेवाट ५ गते सम्म एउटै मुहुर्तमा पन्चश्री महायज्ञ हुने भएको छ ।
महायज्ञ आयोजना गरिने स्थलमा सोमवार हेलिकप्टरवाट स्वामी कमलनयनाचार्य सहितको टोलिले स्थलगत अबलोकन गर्नु भएको हो । ति स्थानमा पुग्दा उहाहरुको स्वागतकालागि स्थानिय सर्वसाधारणको ठुलो संख्यामा उपस्थिती रहेको थियो । ति सबै स्थानमा एउटै मिति र समयमा पन्चश्रीमहायज्ञ हुने भएको छ । बैदिक कालमा बिभिन्न ऋषिमुनिहरुको तपोभूमिका रुपमा चिनिएका ति स्थलहरुलाई तिर्थस्थल र धार्मिक पर्यटकिय क्षेत्रका रुपमा त्यहा पन्चश्रीमहायज्ञ लगाइने भएको हो ।
गत शनिवार हेलिकप्टरमा ति स्थानमा कमलनयनाचार्यजी महाराज पुग्दा ठुलो संख्यमा भक्तजनहरुले जयजयकार गरेका थिए । रारायीकोट देखि केहि तल पर्ने पन्चकोट स्वामी कमलनयानचार्यको जन्मथलो समेत हो । पन्चकोटमा स्वामीजीका संकल्पमा भब्य मन्दिर निर्माण भैसकेको छ ।
नया वर्षमा यज्ञ गरिने स्थलहरु अति बिकट स्थानमा रहेका छन । ति सबै स्थानमा स्वामीले दुइ दशक अघि तपस्या गरेको स्थलहरु रहेको जानकारहरु बताउछन । पानी, बिजुली, घर नै नभएको अति बिकट पहाडका टुप्पामा आउदो बैशाख १ गते यज्ञ गरिने भएको हो । त्यहा गरिने यज्ञवाट त्यक्ष क्षेत्रको धार्मिक महत्वको प्रचार र समृद्धिमा ठुलो योगदान पुग्ने गाउपालिका अध्यक्ष रामकृष्ण मल्लले बताउनु भयो ।
नया वर्षका अबसरमा गरिने यज्ञस्थलहरुमा स्वामीले त्यस क्षेत्रका निर्माण गरिएका समितिका महानुभाव र सर्वसाधारणहरुलाई दिशा निर्देश गर्नु भएको थियो । जानकारहरुका अनुसार नया वर्षका अबसरमा हुने यज्ञस्थलहरुमा स्वामी कमलनयनाचार्यवाट २५ र ३२ वर्ष अघि ध्यान जप र तप गरिएका स्थलहरु हुन ।
सोमवार हेलिकप्टरवाट त्यहा पुग्नु भएका कमलनयनाचार्यजी महाराजले ति यज्ञ स्थलहरुमा पुष्प बृष्टि समेत गर्नु भएको थियो । स्वामीको स्वागतमा स्थानियको ठुलो संख्यामा उपश्थिती रहेको थियो । ति सबै स्थानमा यज्ञ सम्पादन मुल समिति , सल्लाहकार समिति गठन भएर काम अघि बढेको छ । महायज्ञवाट
मुक्तिनाथ पिठाधिश कमलनयानचार्यजी महाराजका सत्संकल्पले नेपालमा धेरै ऐतिहासिक र धार्मिक कार्यहरु भैरहेको जल्जला गाउपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए । त्रिवेणी, देबघाटधाम, गलेश्वर , पन्चकोट , कुंडुले , मुक्तिनाथ , भक्तपुर र अन्य स्थानमा अखण्ड स्वामी श्री च्यारीटेबल ट्रष्टले निशुल्क संस्कृत बिद्यापिठहरु समेत संचालन गरेको छ । ति सबै बिद्यालयमा बिपन्न बिद्यार्थीहरु अध्ययन गर्दै आएका छन ।
एउटै तिथि मितिमा शुरु भएर एउटै बिधि बिधान अनुसार पन्चश्रीमहायज्ञ गरिने भएकाले यस महायज्ञमा सबैको सकृय सहभागिताकालागि अध्यक्ष मल्लले आब्हान गर्नु भएको छ । जल्जलाको कालन्जर पर्वतमा यज्ञ गरिदा पन्चकोटवाट हेलिकप्टरवाट तिर्थालु लगिने तैयारी समेत भएको छ ।