बागलुङ- ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा जारी कालीका कप भलिबल प्रतियोगितामा जैमिनी नगरपालिका र गलकोट नगरपालिका फाईनलमा प्रवेश गरेका छन । पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाले कुश्मा नगरपालिका सिंद्धार्थ चस्मा घरलाई हराउँदै फाइनलको यात्रा गरेको हो ।
आईतबार बिहानको पहिलो सेमी फाइनल खेलमा जैमिनीले सोझो ३ सेटको जित हाता पारेको थियो । जैमिनीले पहिलो सेटमा २५– २३ दोस्रो सेटमा २५– १८ र तेस्रोमा २५–२० को सोझो सेट ल्याएको थियो । त्यस्तै दोश्रो खेलमा गलकोट नगरपालिकाले पहिलो र दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१९ कुश्मालाई हराउँदै फाईनलमा प्रवेश गरेको हो ।
चैतेदशै मेलाको अबसरमा आयोजित खुला भलिबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । विगतका दिनहरुमा जुन सुकै संस्थाको सहभागितामा खुल्ला प्रतियोगिता संचालन गरिने यस वर्ष भने पालिका स्तरीय बनाईएको थियो । फाईनल खेल सोमबार विहान हुने आयोजकले जनाएको छ ।
बिजेता प्रथम हुनेलाई नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । त्यसैगरी खुल्ला महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता र दोहोरी गित प्रतियोगिता समेत संचालन गरिएको हो । मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।