बागलुङ -एमनेष्टी इन्टरनेशनल समुह ४८ बागलुङको संयोजकमा बलराम रिजाल चयन भएका छन । समुहको आईतबार सम्पन्न ३२औँ साधारण सभा तथा अधिवेशनबाट रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको सहसंयोजकमा तुलसी शर्मा कंडेल, सचिवमा सचिन हरिजन, सहसचिवमा छायादत्त चापागाई र कोषाध्यक्षमा शैलेश पुन रहेका छन । समितिको सदस्यहरुमा अर्पना पौडेल, कल्पना रेग्मी नम्रता आचार्य र विरोष क्षेत्री रहेका छन ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री दिपेन्द्र बहादुर थापाले मानवअधिकारका क्षेत्रमा एमनेष्टीले महत्वपूर्ण भुमिका खेलेको बताए । उनले एमनेष्टी इन्टरनेशनल एक सम्मानित, स्वतन्त्र मानव अधिकार सम्प्रदाय भएको र जसले विश्वव्यापी मानव अधिकार संरक्षण र न्यायको लागि संघर्ष गरेकोमा सम्मान व्यक्त गरे ।
कार्यक्रममा एमनेष्टी इन्टरनेशनलका केन्द्रीय अध्यक्ष विपिन बुढाथोकीले यसले बहुआयामिक संस्था भएको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापति जगन्नाथ आचार्य, नेपाल जेसीजका ाकर्यकारणी उपाध्यक्ष सौरव श्रेष्ठ, एमनेष्टी इन्टरनेशनल समुह ४८ का पूर्व संयोजक श्रीकृष्ण पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम एमनेष्टी इन्टरनेशनल समुह ४८ का संयोजक सुजन सापकोटाको अध्यक्षता पूर्व सहसंयोजक विष्णुराज पौडेलको स्वागत र सचिव बलराम रिजालको संचालनमा सम्पन्न भएको थियो ।