बागलुङ- बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने सन्दर्भमा हस्तलेखन प्रतियोगिताको आयोजना गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ को आयोजनामा गरिएको प्रतियोगितामा संस्थागत र सामुदायिक गरी ९ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा आदर्श विद्यामन्दिर मावि प्रथम, गुराँस विद्यासदन द्वितीय, र धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालय तृतीय भएका छन् । हस्तलेखन प्रतियोगितमा विद्यार्थीहरुलाई बालमैत्री नगर अभियानका विषयमा विभिन्न हस्तलेखन गराईएको थियो ।