बागलुङ- नेपाली काँग्रेसको सुभेच्छुक संस्थाहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेसको ७६ औं स्थापना दिवस बागलुङमा पनि मनाईएको छ । स्थापना दिवसको अवसरमा जिल्लाको बागलुङ नगरपालिका–१३ मा रहेको दुर्गा भवानी प्राविमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरिएको हो । शैक्षिक सामाग्री युनियन बागलुङका अध्यक्ष इश्वरठाकुर पौडेलले विद्यालयका प्रध्यानध्यापक रामप्रसाद शर्मा मार्फत विद्यार्थीका लागि हस्तान्तरण गरेका हुन । टे«ड युनियन काँग्रेसले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।