बागलुङ - चैत्राष्टमी मेलामा दोहोरी गितको उपाधी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङले जितेको छ । मेलाको मुख्य आर्कषण पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगिता उपाधी बागलुङ प्रतिष्ठानका समुन खड्का र शर्मिला विसीले जितेका हुन । फाईनल खेलमा जिवन सिग्देल र सपना रोकाको समुह सँग दोहोरी गित प्रतिष्ठान भिडेका थिए ।
प्रतियोगितमा जिवन र सपनाको समुह दोस्रो भएको छ भने सविन आचार्य र रिता रावलको समुह तेस्रो भएको मेलाका सांस्कृतिक संयोजक भरत खड्काले जानकारी दिए । प्रतियोगितामा सुमन केसी र मधु चापागाईको समुह सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको संयोजक खड्कले बताए । प्रथम हुनेलाई नगद १ लाख ५० हजार रुपैयाँ र प्रमाण पत्र, द्धितिय हुने समुहलाई १ लाख रुपैयाँ तृतिय हुने समुहलाई नगद ५० हजार र प्रमाण पत्र साथै सान्त्वना हुनेलाई नगद १० हजार रुपैयाँ प्रमाणपत्र सहित सम्मान गरिएको छ । प्रतियोगितामा मधु चापागाई सर्वोकृष्ट दोहोरी गायीका घोषित भएकी छन ।
मेलाको अवसरमा खुल्ला भलिवल प्रतियोगिता, छेलो प्रतियोगिता रथ यात्रा रमाईलो मेला संचालन भएको थियो । मेलामा राष्ट्रिय स्तरका कालकारहरुको प्रस्तुती रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । तश्विर दिलिप प्रतेल