काँग्रेस बागलुङको जनता सँग नेपाली काँग्रेस अभियान

  • फाल्गुण २०, २०७८

बागलुङ- स्थानिय तहको मिति तय भए सँगै नेपाली काँग्रेस बागलुङले जिल्ला भरी नै ‘जनता सँग नेपाली काँग्रेस’ अभियानको शुभारम्भ गरेको छ । शुक्रबार देखी जिल्लाका दश वटै स्थानिय तहमा अभियानको शुभारम्भ गरिएको हो ।  अभियान अन्तरगत    जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरामा भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले नेपाली काँग्रेस नै नेपाली जनताको बास्तविक पार्टी भएको दाबि गरे । 
    उनले हरेक सुख दुःखको सहयात्री नै काँग्रेस भएका कारण आगामी स्थानिय तहको निर्वाचनमा पनि काँग्रेसलाई जिताउनुपर्ने बताए । नेपाली काँग्रेस बागलुङका पुर्व सभापति समेत रहेका कंडेलले देशमा हरेक विकासका काम र परिवर्तन काँग्रेसकै पालामा भएका कारण स्थानिय तहको परिवर्तन ल्याउनका निम्ती पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । उनले कम्युनिष्ट पार्टीहरु जनताका काम भन्दा पनि भ्रमको खेति गर्न मायर रहेका कारण उनिहरुको भनेका कुरालाई जनताले विश्वासन गर्न नहुने बताए । ‘काँग्रेस जनताको काम र राजनितिक स्थायित्वका लागि लड्को छ । हरके जनताको माझमा पुग्नकै निम्ती यो अभियान संचालन गरेका हौं । मन्त्री कंडेलले भने,–‘ जनताको माझमा जाँन्छौं समस्या बुझछौं सोही अनुसार सम्बोधन गरेर संगठन निर्माणमा जुट्ने छौं । 
उनले गण्डकी प्रदेश सरकार नेकपाको भ्रम र प्रतिगमनका कारण नै हटेको र काँग्रेसको नेतृत्वमा स्थापित भएको बताए । प्रदेश सरकारले जनताको इच्छा र आकंक्षा अनुसार लोकप्रिय कार्यक्रम ल्याएको  जानकारी गराए । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति जित बहादुर शेरचनले हरेक कार्यकर्ताको घरदैलोमा पुग्नका लागि जिल्ला व्यापी नै यो अभियान संचालन गरेको बताए । उनले सवै नेता कार्यकर्ता सँग जोडिने गरी एक वडामा अन्तरक्रिया सकिए सँगै सोही टोलमा समाजबादी बसाई गरी कार्यकर्ता सँगै भलाकुशारी गर्ने बताए । 
    कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्मा, सह–सचिव ज्ञानु श्रीष शर्मा, गण्डकी प्रदेशका आमन्त्रीत सदस्य भुवानी प्रसाद कंडेल, जिल्ला सदस्य लक्षुमायाँ पुन, निवर्तमान जिल्ला सचिव चित्र बहादुर कार्की, महाधिवेशन प्रतिनिधि राजु थापा, पुर्व क्षेत्रीय सभापति होमबहादुर हमाल, प्रदेश महाधिवेशन प्रतिनिधि गंगा थापा, प्रकाश राना, नेविसंघ बागलुङका अध्यक्ष खड्क थापा मगर काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष शिव प्रसाद कंडेल लगायतले बोलेका थिए । कार्यक्रमको उद्देश्य र विषयबस्तुका बारेमा जिल्ला सदस्य एवं अभियानका काठेखोला गाउँपालिका संयोजक गोविन्द प्रसाद शर्मा कंडेलले प्रष्ट पारेका थिए भने अन्तरक्रिया कार्यक्रमका सहजिकरण प्रदेश महाधिवेन प्रतिनिधि नरेश कंडेलले गरेका थिए अभियानमा जिल्ला स्तरका नेताहरु हेरेक वडामा पुगेर टोल–टोलमा बसाई गर्नेछन । अभियानमा वडा तहमा अन्तरक्रिया सँगै हरेक टोलमा जिल्ला तहको नेतृत्वको बसाई सँगै कार्यकर्ता सँग छलफल गरिने छ । कार्यक्रम नेपाली काँग्रेस काठेखोला–२ का सभापति विदुर भण्डारीको अध्यक्षता, उपसभापति तिलबहादुर केसीको स्वागत र सचिव युवराज गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जनता सँग नेपाली काँग्रेस अभियान शुक्रबार नै बागलुङ नगरपालिका–१२ अमलाचौरमा संचालन भएको छ । 

May be an image of 9 people, people standing, people sitting, outdoors and tree


 

प्रतिक्रिया