बागलुङ- बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा वडा कार्यालयले रामरेखामा क्रियाशिल चार युवा क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बुधबार वडा कार्यालय रामरेखामा एक कार्यक्रम आयोजना गरि खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । वडाको शिक्षा तथा खेलकुद विकास कार्यक्रम अन्तरगत रामरेखामा क्रियाशिल रहेका बागलुङ कालिका युवा क्लब, पावर फिटनेश क्लब, रामरेखा फुटबल क्लब र सुनाझाँक्री युवा क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रमका लागी वडाले ५० हजार रकम विनियोजन गरेको थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर एकका वडाध्यक्ष जय बहादुर केसीले खेलाडीलाई प्रोत्साहनको लागी खेलकुद सामाग्री हस्तान्तरण गरेको बताए । खेलाडीहरु राष्ट्रको गहना भएको खेलाडीलाई सहयोग गर्दा आफुलाई धेरै खुसी लागेको बताए । आगामी दिनमा पनि सहयोग निरन्तरता रहने उनले बताए । वडा कार्यालयले आर्थिक वर्ष ७९÷८० को लागीपनि खेलकुद तथा खेलाडीलाई प्रोत्साहनका लागी रकम विनियोजन गरेको उनले बताए । उनले भने ‘हामीले खेलाडीहरुको सम्मान स्वरुप आर्थिक वर्ष ७९÷८० को लागी भनेर बाल विकास केन्द्रलाई खेलकुद तथा स्टेशनरीका लागी ५० हजार, बहिरा माध्यामिक विद्यालयमा खेलकुद सामाग्री खरिदका लागी ५० हजार बजेट छट्टाएका छौँ, त्यसैगरि, युवा तथा खेलुकद कार्यक्रम अन्तरगत सामाग्री वितरण कार्यक्रमका ५० हजार रकम छुट्टाएका छौँ ’ भन्छन् ‘यस्ता खालका कार्यक्रमले पक्कैपनि खेलाडीलाई प्रोत्साहन मिल्ने छ, आगामी दिनमा यस किसिमका सहयोग गर्ने प्रतिवद्धता समेत गर्दछु ।’
कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामेले वडा कार्यालयलाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि यस्तै खाले कार्यक्रम गर्नका लागी समेत आग्रह गरेका थिए ।
कार्यक्रममा चार टिमलाई दुई फुटबल, चार टिमलाई दशको दरले ४०–४० विफ र मार्कर र कोन वितरण गरिएको वडासचिव हिमाल पौडेले जानकारी दिए ।
कार्यक्रम वडाध्यक्ष जय केसीको अध्यक्षता, जिल्ला फुटबल संघका पूर्व अध्यक्ष शुम्भु आचार्यको स्वागत तथा वडा सचिव हिमाल शर्माको संचालनमा सम्पन्न भएको थियो ।