हरितालिका तिजको अवसर खुल्ला सामुहिक नृत्य प्रतियोगिता सम्पन्न

  • भदौ ३०, २०८०

बागलुङ- स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङले हरितालिका तिजको अवसर खुल्ला सामुहिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

१५ समुहको सहभागिता रहेको प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कुल प्रथम, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल द्धितिय, धौलागिरी क्याम्पस बिबिए तृतीय र न्यू ओएशिस एकडमी सान्त्वना भएका छन्।  कार्यक्रममा विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरिएको थियो।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले यस धौलागिरी क्याम्पस प्रदेशकै उच्च शिक्षाको धरहोर भएकाले व्यवसायीक अध्यनको लागि विकास गर्नुपर्ने, क्याम्पसले विशेष अग्रता देखाउनको लागि लगानी सम्मेलन मार्फत उच्च स्तरीय शिक्षा कार्यक्रम सन्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए।

जैमिनी नगर पालिकाको उपप्रमुख हरिहर शर्मा, क्याम्पस सन्चालक समितिका अध्यक्ष प्रा.डा. दिन बहादुर थापा, क्याम्पस प्रमुख प्रा।डा। राम प्रसाद शर्मा पूर्व क्याम्पस प्रमुख गोविन्दराज गौतम, निवर्तमान स्वतन्त्र बिद्यार्थी युनियन सभापति मन बहादुर थापा मनिष, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, त्रिवियु प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, त्रिवि कर्मचारी संघका सभापति शिवराज पन्त, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विशेष पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष रोशन जिसि, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव जिबन शर्मा, मगर विद्यार्थी धौलागिरी क्याम्पसका सचीव मोती प्रसाद पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रममा क्याम्पसबाट उत्कृष्ट नतिजा ल्याउने प्रतीक्षा गौतम लगाएका विद्यार्थीहरु र अतिरिक्त क्रियाकलामा बिजेताहरुलाइ पुरस्कार तथा सम्मान गरिएको थियो ।

स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी क्याम्पसका सभापति सुदिप सागर कँडेलको अध्यक्षता, स्ववियु उपाध्यक्ष दिपक सुवेदीको स्वागत तथा सचिव अनिल शर्मा र कोषध्याक्ष सृष्टि आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया