विद्यामन्दिर माविमा अनियमितता भएको भन्दै अख्तीयारमा उजुरी 

  • साउन ६, २०८२

बागलुङ- धौलागिरि क्षेत्रकै सबैभन्दा जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा अनियमितता भएको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ राधाकृष्ण टोलमा १९९७ सालमा शिक्षा सेवी ओमप्रसाद गौचन र मेघकुमार वैधले स्थापना गरेको विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै आयोगमा ३५ बुँदे लिखित उजुरी परेको पाईएको छ । 
विद्यालयले बनाएको सटर भाडामा अनियमितता भएको  देखि छविरमण रेग्मीले प्रधानाध्यापक भएपछि विद्यालयमा कर्मचारी शिक्षक नियुक्ति गर्दा समेत व्यापक अनियमितता भएको अख्तियारमा परेको ३५ बुँदे लिखित उजुरीमा उल्लेख्य गरिएको छ । विद्यालयमा विज्ञान प्रवद्र्धनको नाममा नेपाल सरकार शिक्षा मन्त्रालय मार्फत नगरपालिकाको स्वीकृतीमा खर्च गर्नुपर्ने ४५ लाख  रूपैयाँबाट अनियमितता गरेको उजुरीको १४ नम्बर बुँदामा उल्लेख गरिएको छ । उजुरीमा विद्यालयको दुईवटा सटरमा हेयरकटिङ शैलुन खोलेर वडा अध्यक्ष सनि केसी र प्र.अ छविरमण रेग्मीले वडा कार्यालयबाट भाडा बापत बुझेको रकम विद्यालयको कोषमा जम्मा नगरी आफुले बाडिचुँडी खाएको उल्लेख गरिउको छ । त्यसैगरी हाल सम्म प्र.अ छविरमण रेग्मीले शिक्षक कर्मचारी नियक्त गर्दा कागजी प्रक्रियामात्र पु¥याएको सवै सरोकारवालाहरुले सूचना प्राप्त नगरी परिक्षा लिएजस्तो गरी नक्कली उम्मेदवार खडा गरी आफन्त नियक्त गरेर जागिर खुवाएको पनि उजुरीमा उल्लेख गरिएको छ । 
उजुरीकै अर्को बुँदामा विज्ञान प्रर्वद्धन कार्यक्रम अन्तरगत ब्रिजकोर्षका लागि रकम निकास गरेर पनि विद्यार्थीबाट कसैबाट पाँच हजार कसैबाट ६ हजार रुपैयाँका दरले पैसा लिएको विज्ञान इन्चार्ज कृष्ण गौतम र प्रअ रेग्मीले बाँडीचुडी खाएको उल्लेख गरिएको छ ।
उजुरीमा यसको मुख्य नेतृत्व विद्यालयका प्र.अ. रेग्मीले गरेको उनलाई वडा अध्यक्ष सनी केसी, बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल, विद्यालयका लेखा सहायक टुकुकुमारी शर्मा, विज्ञान इन्चार्ज, कृष्ण गौतम, प्रशासनिक सहायक थानेन्द्र गौतमको प्रत्यक्ष संलग्नतामा विद्यालय त्रि आर्थिक अनियमितता बढि रहेको उल्लेख गरिएको छ । 
अख्तियारमा उजुरी परेको विषयमा छलफल गर्न बागलुङ नगरपालिकाले विद्यालयमा स्थानीय सरोकारवालालाई आईतबार बोलाएको थियो । आईतबारको छलफलबाट अनियमितता भएको नभएको छानबिनका लागि शिक्षा विकास तथा समन्वय इकाई बागलुङका अधिकृत दलबहादुर थापाको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोख्रेलले बताए ।
 उक्त समितिमा बागलुङ नगरपालिकाका दुई जना, विद्यालयकै शिक्षक, व्यवस्थापन समितिको पूर्व अध्यक्ष लगायत शिक्षासेवीहरुलाई राखिएको छ । विद्यालय अनियमितता भएको नभएको छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मा समितिलाई दिईएको छ । विद्यालयका प्रध्यानाध्यापक छविरमण रेग्मीले विद्यालयमा कुनै अनियमितता नभएको र पूर्वाग्रहको आधारम मुद्दा हालेर विद्यालयको शैक्षिक वाताबरण बिगार्ने प्रयास गरिएको बताए । 
शिक्षा विकास तथा समन्वय इकाई बागलुङले असार २४ गतेको मितिमा बागलुङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय बागलुङको नाममा छानबिन गरि प्रतिवेदन उपलब्ध गराइदिन आग्रह गर्दै पत्र लेखेको छ ।   हिडन खबरबाट साभार

प्रतिक्रिया